Monday, October 17, 2022

मिडियामा नआएका सत्यमाेहन जाेशीका ५ कुरा

 

Photo Courtesy: facebook


१) सत्यमाेहन जाेशीकाे पहलमा २०३२ देखि कलाकारहरूबाट खस नेपाली भाषामा गाईजात्रा हास्यव्यङ्ग र प्रहसन शुरू गरिएको हाे । २०२८ सालमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ सचिव रहेकाे, राम शेखर नकर्मी अध्यक्ष र गणेश साय्‌मि, श्रीकृष्ण अणु, कृष्ण नापित, भृगुराम श्रेष्ठहरू सम्मिलितकाे हास्यव्यङ्गकाे प्रस्तुति गर्ने 'मुना सः' भन्ने संस्था थियाे । मुना सःकाे संयाेजनमा नेपालभाषामा देखाइने साे प्रहसनले तत्कालीन पञ्चायती शासनकाे विरूद्धमा जनचेतना जगाउने, एक भाषा एक नीतिकाे विरूद्धमा बाेल्नेलाई दमन गर्नेहरूकाे सामु हाँसेरै कमीकमजोरी अाैंल्याउने काम हुन्थ्याे । तर नेपालभाषामा देखाइने प्रहसन र व्यङ्ग भएकाेले भाषाकै कारण सीमित थियाे अर्थात सबै जातजाति र भाषा समुदायले बुझ्ने माैका पाएका थिएनन् । उहिले अर्थात २०३२ सालमा वाङमय शताब्दी पुरूष सत्यमोहन जाेशी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव थिए । साेही बखत नेपालभाषा बुझ्ने समुदायमा सीमित रहेकाे हास्यव्यङ्ग र प्रहसनलाई नेपाली खस भाषामा देखाउनकाे लागि उनै जाेशीले पहल गरेका हुन् । राजा, रानी, राजपरिवार तथा उच्च पदस्थ पदाधिकारीहरूकाे सामु उनीहरूकै शासन व्यवस्थाकाे विरूद्धमा अावाज उठाउनु कम चुनाैतीकाे काम थिएन । ठूलै अाँट गरेर जाेशीले इतिहासमै पहिलाे पटक नेपालभाषामा देखाइँदै अाएकाे प्रहसनलाई नेपाली खस भाषामा सुरूअात गराएको थियाे । शासन व्यवस्थाकाे विरूद्धमा जाने जाेकाेहीलाई दमन गरेका शासकहरूलाई पनि प्रहसनकाे माध्यमबाट अभिव्यक्ति स्वतन्त्रताकाे पाठ सिकाउने उनै वाङमय शताब्दी पुरूष सत्यमाेहन जाेशी हुन् ।

२) सत्यमोहन जाेशी वरिष्ठ पत्रकार पनि हुन् । २००९ सालमा 'कलाकार' नामक तीन महिने पत्रिकालाई निरन्तर ३ अंकसम्म उनकै सम्पादनमा प्रकाशन गरेका थिए । उनकाे 'नेपाली लाेक गीत: एक अध्ययन' किताब लगायत थुप्रै कृतिहरू प्रकाशित छन् ।

३) अहिलेकाे कर्णाली प्रदेशस्थित सिङ्जा उपत्यका र वरपरकाे ठाउँ जसलाई उहिलेकाे चाैबिसे राज्यकाे रूपमा चित्रण गरिएको छ । सिङ्जा उपत्यका नेपाली खस भाषाकाे उद्‌गमस्थल पनि हाे । साे ठाउँमा स्थानियबासीहरू दुःख बिसाउन, रमाइलाे गर्न, राेपाइँ गर्ने बखत, चाड मनाउँदा सांगीतिक भाषा राखेर गीत गाउँथे (अहिले पनि छ) । कामकै सिलसिलामा सिङ्जा उपत्यका, खसहरूकाे उद्‌गमस्थलमा बस्दा जाेशीले लाेक संगीतलाई संकलन, अध्ययन, अनुसन्धान गरेर अाफ्नाे कृतिकाे रूपमा प्रकाशन गरे । साेही प्रकाशनलाई अाधार बनाएर अाजकाे दिनसम्म थुप्रै अनुसन्धानकर्ताहरूले विद्यावारिधि (Phd) गरिसकेका छन् । माैलिक संगीतलाई राष्ट्रियकरण गर्ने क्षेत्रमा उहाँकाे भूमिका अतुलनीय छ ।

४) राष्ट्रिय विभूति अरनिकाेकाे पहिचान नेपालमा स्थापित गराउने क्षेत्रमा सत्यमोहन जाेशीकाे भूमिका अग्रणी छ । तत्कालीन नेपालका कलाकार अरनिकाेले तिब्बत/चिनसम्म पुगेर नेपाली रञ्जना लिपि, मन्दिर र घरकाे पेगाेडा शैली, मूर्तिकला, धात्तुकला र चित्रकला प्रचार गरेका थिए । त्यहि भएर तत्कालीन तिब्बती/चिनियाँ शासक कुब्ला खाँले राजकीय सम्मान दिएर अरनिकाेलाई उतै बस्ने व्यवस्था मिलाएका थिए । नेपाली अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ। उता अरनिकाेलाई विशेष सम्मान दिएर राखेपनि नेपालमा यसकाे चर्चा थिएन । त्यसैले पनि सत्यमोहन जाेशीकाे पहलमा कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीमा अरनिकाेकाे संग्रहालय बनाए । उहाँले अरनिकोकाे विषयमा प्रचार गरेपछि धेरै नेपालीहरूले अरनिकोकाे विषयमा थाहा पाए ।

५) सत्यमोहन जाेशी १०३ वर्षसम्म बाँच्नुका धेरै कारणहरू मध्ये उहाँले गाईकाे दूध (डेरीकाे हाेइन) दैनिक दुई गिलास पिउने पनि हुनसक्छ । (अाहार, विहार र विचार पनि मुख्य कारक तत्व हाेला, धेरै बाँच्नुकाे । भलै याे अनुसन्धानकाे विषय हुनसक्छ )। मसँगकाे वार्तालापमा जाेशी दम्पतीले दिनमा दुई गिलास दूध दैनिक रूपमा पिउने सन्दर्भ काेट्याउनु भएको थियाे । दैनिक लाेकल रक्सी सुत्नु अघि एक प्याला पिउने सन्दर्भ अामसञ्चारमा अाइसकेकाे विषय हाे ।


मिति २०७९ असाेज ३० गते अाईतबार भाैतिक संसारबाट बिदा लिएका वाङमय शताब्दी पुरूष सत्यमोहन जाेशीलाई सधैं सम्झिरहनेछाैं ।

















No comments:

Post a Comment

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...