असार २० गते, केके मानन्धर ।
कमेडियन अपूर्व क्षितिज सिंहकाे मुद्दामा काठमाडौं जिल्ला अदालतकाे फैसलालाई पाटन उच्च अदालतले सदर गरेकाे छ ।
क्षितिजकाे मुद्दामा २०८० मंसिर १० गते जिल्ला अदालत काठमाडौंले निजलाई अांशिक दाेषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियाे । न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी र सामाजिक रितिस्थितिमा खलल सम्बन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै सजाय सुनाएको थियाे ।
साेही मुद्दामा अाज अर्थात् असार २० गते शुक्रबार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१०: भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर अन्तर्गत रहेको दफा १६५ बमाेजिम क्षितिजलाई जरिवानाकाे सजाय सुनाएको छ । साे दफामा उक्त कार्य दण्डनीय कसुर उल्लेख गरी यस्तो कार्य गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद, वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था गरेको छ ।
जाहेरीकर्ता पृथ्वी विन्दु महर्जन, प्रशान्त शाही, रोजिना अवाले, नन्द गोपाल महर्जन र आजित पुतुवारको जाहेरी एवं वकपत्र, यूट्युबमा अपलाेड भएको भिडियो मिसिल तथा क्षितिजकाे बयानकाे अाधारमा निजलाई अांशिक कसुरदार ठहर गरेको हाे ।
सम्बन्धित कागजात:






No comments:
Post a Comment