Sunday, August 10, 2025

गाईजात्रा सम्बन्धीको ४ वटा लुकेका तथ्य


१) गाईजात्रा प्रताप मल्लले चलाएको होइन । बरु उनले रानीलाई देखाउन लाय्‌कू दरबार हुँदै परिक्रमा गर्नुपर्ने लगायतको उर्दी जारी गरेर जात्रालाई व्यवस्थित बनाएका थिए । गाईजात्रा अर्थात् सापारु प्रताप मल्ल भन्दा नि करिव तीन सय वर्ष अघिका राजा जयस्थिति मल्लको पालामै मनाएको गोपालराज वंशावलीमा उल्लेख रहेको संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठको दाबी छ ।

२) गाईजात्रामा सरकारलाई व्यंग्य गर्ने र प्रहसन देखाउने चलन ३० को दसकमा रामशेखर नकर्मी, हास्य सम्राट मदनकृष्ण श्रेष्ठ, गणेश साय्‌मि, श्रीकृष्ण अणु लगायतको समूहले स्थापना गरेको मुनासः नामक संस्थाले नेपालभाषामा सुरु गरेका थिए । पछि सोही समूहसँग समन्वय गरी वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको पहलमा नेपाली राष्ट्रिय भाषामा सुरुआत भएको थियो । अहिले सोही हास्यव्यंग्य तथा प्रहसनलाई हास्य कलाकारहरुले देखाउँदै आएका छन् ।

३) गाईजात्रा नेवार मात्रले मनाउने परम्परा हाेइन । बरू नैकापमा मगर समुदायले पनि दिवंगत परिवारकाे सदस्यकाे सुगतिकाे कामना गरि मनाउँछन् । नैकापमा मगर समुदायले गाईजात्रा कहिलेदेखि सुरूअात गरेकाे भन्ने सम्बन्धमा अध्ययन अावश्यक छ ।

४) गाईजात्रामा निकालिने सायाः परिवारकाे सदस्य दिवंगत हुँदा मात्र हाेइन बरू मध्यपुरमा चालू सांस्कृतिक वर्षमा नयाँ घर निर्माण गर्दा पनि गाईजात्राकाे दिनमै सायाः निकाल्ने परम्परा रहेकाे छ । परालकाे सिङ अाकारमा टाउकाेमा श्रीपेच जस्तै बनाएर साे दिन नगर परिक्रमा गर्छन् । याे विषय पनि अनुसन्धानकै विषय हाे । 

(पाेस्ट गरिएको तस्बिर सिवा साय्‌मि खलःले मध्यपुर थिमि नगरपालिकासँगकाे लागत साझेदारीमा वि.सं. २०८० सालमा लाय्‌कू साः सामुदायिक भवन निर्माण पश्चात् सायाः निकालेकाे बखतकाे हाे ।)

Sunday, August 3, 2025

पितृ भाेज संस्कार : विश्वास र भ्रम



विश्वास र अास्था अाअाफ्नै हाेला । विश्वास गर्नु वा नगर्नु पनि व्यक्तिकै अधिकारकाे विषय भयाे । तस्बिरमा देखाइएको पितृ भाेज वा अागंब्व राख्नु परम्परागत मान्यता र विश्वासमा अाधारित रहेको छ । 

अागंब्व वा पितृ भाेज नेवार संस्कारजन्य परम्परामा चाडपर्व सकिएको भाेलीपल्ट घरबाट बाहिर राखिन्छ । चाेखाेनिधि गरेर तयार गरिएको भाेजकाे विषयमा मेराे निजी धारणा रहेकाे छ ।

मेराे अल्पज्ञानले बुझेको विषय भनेकाे अध्यात्म, अध्यात्मिक शक्ति, पुनर्जन्म, भाैतिक जीवन र दर्शनसँग अागंब्व/पितृ भाेज सम्बन्धित रहेकाे छ । भाैतिकवादमा देखिने चीजबीजकाे चर्चा बढी हुन्छ । अाखिरमा हाम्रो अाँखाले नदेख्ने बस् महसुस गर्न सकिने विषयसँग पितृ भाेज सम्बन्धित रहेकाे मेराे बुझाइ छ । विज्ञानले पनि माेबाइल नेटवर्क, टेलिभिजनकाे रिमाेट कन्ट्रोल, सेन्सरमार्फत सञ्चालन हुने थुप्रै विषयलाई प्रयाेग गरिसकेको छ । त्यसरी नै साधारण अाँखाले देख्न नसकिने थुप्रै विषय अध्यात्म शक्तिसँग सम्बन्धित रहन्छ । बाजेपूर्खाले सुरू गरेर पुस्तान्तरण गरेका थुप्रै संस्कार हाम्राे दायित्व हाे । त्यसमध्ये धेरै विषय लेख्य परम्परामा छैन । त्यसाे भएर थुप्रै परम्परा अंगाल्नु पर्नाकाे कारण हामीलाई कम ज्ञात छ । तर विज्ञानसम्मत पितृ भाेजकाे परम्पराले हामीसँग परनिर्भर रहने बिरालाे, कुकुर, काग, चरा, परेवा लगायतलाई खुराक भएकाे छ । आैपचारिक शिक्षाकाे चलन नहुँदा दान परम्परा, प्रकृतिपूजा, समाजसेवाकाे सिद्धान्त बुझाउन संस्कारजन्य/प्रथाजन्य परम्परा सञ्चालन गरेकाे मेराे बुझाइ छ । हाम्रा पितृ त्यस्तैत्यस्तै परनिर्भर प्राणी र पंछीकाे आत्मासँगै आएर खान आउने सुनेकाे छु । त्यही भएर पनि शुद्ध भएर भाेज जाेरजाम गरिन्छ । प्रकृतिपूजासँग मेल खाने हाम्रा यस्ता परम्परा महसुस गर्नु जरूरी छ । थप अध्ययन गरेर परिस्कृत गर्नु जरूरी छ । न कि 'भाेज फाल्याे, अन्नकाे दुरुपयोग भयाे' भन्ने एउटै दृष्टिकोणले मात्र प्रचार गरिरहँदा याे संस्कारभित्र परम्परालाई जगेर्ना गर्नुपर्नाकाे कारण, अध्यात्म शक्ति र अास्थासँग जाेडिएकाे विषय गाैण हुनसक्छ । हाम्रो ध्यय परिस्कृत र समृद्ध समाज निर्माणमा केन्द्रीत हुनुपर्छ । संस्कार, मूर्त र अमूर्त सम्पदा, जीवनशैली, दर्शन, अध्यात्म सबैसबै समृद्ध समाजकाे अाधार हाे ।

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...