Monday, May 16, 2022

भारतीय प्रधानमन्त्रीकाे लुम्बिनी भ्रमण र बुद्ध सर्किटकाे सम्बन्ध

 

तस्बिर साभार: फेसबुक

लुम्बिनी, बोधगया र कुसीनगरको बुद्ध सर्किटमा भारतले बाह्य पर्यटकलाई सिद्धार्थ गौतम बुद्ध भारतमै जन्मेको, भारतमै बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण पनि उतै हुनुभएको अन्तर्राष्ट्रिय सन्देश दिँदै आएको छ । यो उनीहरुको धुर्त्याइँ हो । 


सबभन्दा पहिले भारत बिहार राज्यको बोधगया त्यसपश्चात् उत्तर प्रदेशको कुसी नगर र त्यहाँबाट बल्ल सुटुक्क गाडीमा राखेर बाह्य पर्यटकलाई नेपालको लुम्बिनी अवलोकन गराउँदा समेत पर्यटक गाइडले बुद्धको सर्किटमा चतुरयाइँ गर्दै आएको छ । त्यति मात्रमा सीमित छैन बरु उनीहरुले सिद्धार्थ गौतम नेपालमै जन्मेको र बुद्धत्व भारतमा प्राप्त गरेको तर्क गरेर बुद्ध भारतमै जन्मेको दाबी गरिरहेका छन् । त्यसमाथि इष्ट इन्डिया कम्पनीले पाँच सय भन्दा बढी राज्यमा विभाजित हिन्दुस्तानलाई अधिनमा लिनुअघि हिमवतखण्ड समेत भारत वर्षभित्र परेको आधारले पनि उनीहरुले आधुनिक नेपाल र उहिलेको कपिलवस्तु (तौलिहवा)मा जन्मेका सिद्धार्थ गौतम बुद्धलाई भारतमा जन्मेका महामानवको रुपमा प्रस्तुत गरिरहेका छन् । यो तथ्यलाई बल दिन, कतिपय पाठ्यपुस्तकमा समेत बुद्ध भारतमा जन्मेको उल्लेख गरेका छन् । त्यतिमात्र कहाँ हो र ? सिद्धार्थ गौतम बुद्धले जन्म लिनुभएको नेपालको लुम्बिनी क्षेत्र (उहिलेका मगध राज्यका सम्राट अशोकले मार्कर स्टोन बनाएको ठाउँ, मायादेवी मन्दिर)बाट करिव २५ किलोमिटर पारीको भारतको पिपरीमा कपिलवस्तु पार्क बनाइरहेको छ । यी तथ्यहरुले भारत अन्तर्राष्ट्रिय क्षेत्रमा बुद्धको सन्देश कस्तो दिन चाहिरहेको छ भन्ने प्रस्ट हुन्छ ।


तर अब,

२५६६ औं बुद्धजयन्तीको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको लुम्बिनी क्षेत्र भ्रमणमा आएका छन् । योसँग आजै भैरहवास्थित क्षेत्रिय विमानस्थललाई अद्यावधिक गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । र बुद्धस्थलको प्रवद्र्धन गर्न लुम्बिनी विकास कोषले कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर समन्वय समिति बनाएको छ । यसको अर्थ नेपालले राजा शुद्धोधन (सिद्धार्थ गौतमका बुवा)को दरबार, जन्म भएको ठाउँ र मावली गाउँलाई बुद्ध सर्किट बनाएर आन्तरिक र बाह्य पर्यटकको लागि नयाँ रुट तयार गरिरहेको भन्ने बुझ्न गाह्रो छैन । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा भएको स्तरोेन्नतीले यो योजनालाई टेवा दिनेछ । आजको भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई अन्तर्राष्ट्रिय स्तरमा सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेर भारतका माथि उल्लेखित दुई ठाउँमा बुद्धत्व प्राप्त गरी महापरिनिर्वाण हुनुभएको भन्ने सन्देश दिने सुवर्ण अवसरको रुपमा लिनुपर्छ । हेरौं, विकास कोषले बुद्ध सर्किटलाई कसरी पर्यटन प्रबद्र्धनसँग जोड्ला ? बुद्धजयन्तीकाे शुभकामना !

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...