Sunday, March 7, 2021

 हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो लोकार्पण

२३ फागुन, केके मानन्धर

हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गर्नुभएको हो ।कार्यक्रममा मेयर श्रेष्ठले तेलुगू भाषामा निर्माण भएको गीतले अन्तर्राष्ट्रिय पुरस्कार जितेको स्मरण गर्दै भाषाविशेषको गीतमा परिधि निर्धारण नहुने बताउनुभयो । हुनपनि दक्षिण भारतको आन्ध्र प्रदेश र तेलंगाना राज्यमा बोलिने द्रविड़ भाषा समूहको तेलुगूमा निर्माण भएको सो गीतलाई अन्य भाषामा अनुवाद गरिएको थियो । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । ‘अब आमाबुवाप्रति समर्पित गरेर बनाइएको हरिसुन्दर लाखे श्रेष्ठको गीतलाई भाइरल बनाउनुपर्छ । यसमा सिंगो नगरपालिकाले सहयोग गर्छ ।’ मेयर श्रेष्ठको आश्वासन थियो ।

गीतमा टिप्पणी गर्दै वरिष्ठ संगीतकार सुवासचन्द्र ढुंगेलले गीतको मुखरा र अन्तरालाई छन्द र शब्द गनेर निर्माण गर्न सकिने बताउनुभयो । भगवान खः मांबा बोलको गीतमा यी दुइटै संयोजन भएर उत्कृष्ट रचना हुनपुगेको ढुंगलले दाबी गर्नुभयो । ‘आँखा चिम्लेर गीत सुन्दा जति आनन्द आउँछ, त्यहिँबाट गीतको रचनालाई मूल्यांकन गर्नसकिने उदाहरण दिनुहुँदै आज लोकार्पण गरिएको गीत पनि सोही दर्जाको रहेको छ ।’ वरिष्ठ संगीतकार ढुंगेलले भन्नुभयो ।

त्यस्तै, वरिष्ठ साहित्यकार तथा प्राज्ञ ध्रुव मधिकर्मीले लोकार्पण गरिएको गीतले विचलन आइसकेको हाम्रो समाजमा आमाबुवाप्रतिको कर्तव्यबोध गराउने दाबी गर्नुभयो । पश्चिमा संस्कारले गाँजेको हाम्रो समाजमा आमाबुवाप्रतिको दायित्व बिर्सिएका सन्ततीलाई पूर्खाप्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने सन्देश दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई ‘कला दीर्घसेवा सम्मान’ तथा वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यलाई ‘संगीत दीर्घसेवा सम्मान’ दिइएको थियो । आमाबुवाप्रतिको दायित्वबोध गराउने आसयसहितको गीत लोकार्पण कार्यक्रममा नगरका सय वर्षिय जेष्ठनागरिक पुरुष ज्ञानलाल श्रेष्ठ र एक सय तीन वर्षिय जेष्ठनागरिक महिला कृष्णमाया चक्रधरलाई अभिनन्दन गरिएको थियो ।
दीवंगत भइसकेका आमाबुवाप्रति समर्पित गरेर लाखे श्रेष्ठले रचना गरी गाउनुभएको गीतलाई मध्यपुर योग साधना केन्द्रले निर्माण गरेको हो । वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यले संगीत दिनुभएको गीतलाई सुरेन्द्र श्रेष्ठले एरेन्ज गर्नुभएको हो ।
युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको म्युजिक भिडियोमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठले बुवाको भूमिकामा कलाकारिता प्रस्तुत गर्नुभएको छ । त्यस्तै कलाकारहरुमा रचना सिंह, यमन श्रेष्ठ, अनु महर्जन, सिजन कायस्थ, साहिल द्वारे, हरिसुन्दर लाखे श्रेष्ठ, रियान श्रेष्ठ, रोशन भासिमा, सम्यक मानन्धर छन् । शंकर महर्जनको छायांकन र सुरेश ख्वाक श्रेष्ठको सहछायांकन रहेको भिडियोमा स्वस्थानी वैद्यले स्टील फोटोग्राफी गर्नुभएको छ । पोस्टर डिजाइनमा बौचा व मैचाका प्रकाश चित्रकारले सहकार्य गरेका हुन् ।
त्यस्तै, जगतबहादुर श्रेष्ठ (प्रमोद), न्हुछे मानन्धर, विशेश्वर श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, गंगाराम मानन्धर, रत्नप्रसाद मानन्धर, चन्द्र श्रेष्ठ, हिरारत्न बज्राचार्य, सुरेन्द्र तुबञ्जा श्रेष्ठ म्युजिक भिडियोका निर्माता हुन् ।

Photo Courtesy: Swasthani Baidhya

म्युजिक भिडियोलाई तपसिल लिंकमा क्लीक गरेर इन्टरटेनमेन्ट नेपाली टिभी युट्यूब च्यानलमा हेर्न सकिनेछ ।


For more photos:




































तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...