Sunday, December 30, 2018

बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

Photo Courtesy: Saroz Manandhar

पुस १५, केके मानन्धर

भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट टोलीको उपाधि जितेको हो । सरस्वती कला केन्द्रले आयोजना गरेको प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो तथा सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएको हो ।
Photo Courtesy: Kumar lal Manandhar


चित्रपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानिय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘सुसंस्कृति समाज निर्माणको लागि पनि सांस्कृतिक कार्यक्रम महत्वपूर्ण छ । यसलाई संरक्षण गर्नेदेखि सम्बद्र्धनमा मेरो साथ र सहयोग सधैं रहनेछ ।’ थापाको भनाई थियो । उहाँले मौलिक कला, संगीत र संस्कृति संरक्षणको लागि समर्पित महेन्द्र राजथलाप्रति विशेष आभार व्यक्त गरे ।

हुनपनि धिमे बाजा प्रतियोगिताले कला र संस्कृति पुस्तान्तरण गर्नेदेखि दुरगामी महत्व राख्ने निश्चित छ । नयाँ पुस्ताले मौलिक कला बिर्सेर आयातित संस्कृतिलाई आत्मसाथ गरिरहेको पछिल्लो अवस्थामा सांस्कृतिक कार्यक्रमले विशेष महत्व राख्छ ।
Photo Courtesy: KK Manandhar


कार्यक्रमको शुरुमै दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहनको नीति लिएको संस्थाले औपचारिक कार्यक्रमको शुरुमा गतवर्ष आयोजित प्रतियोगिता जितेको बाजा समूहको गुरुलाई सम्मान गरेको हो । बाजा घन्काएर भव्य स्वागत गरी उहाँ सम्मानित भइरहँदा दर्शकदीर्घाबाट उठेर ताली बजाएको दृश्य हेर्न लायक थियो ।

कार्यक्रममा वरिष्ट वाद्यवादक पंचनारायण महर्जन तथा जुगल डंगोल निर्णायकको भूमिका उपस्थित थिए । निर्णायकहरुले बाजाको सुर, ताल, बोल तथा कलाकारहरुको भेषभुषा र हाउभाउलाई आधार बनाएर अंक दिएका थिए । प्रतियोगितामा उत्कृष्ट वाद्यवादनको उपाधि जितेको खलःलाई ९७.५ अंक दिँदा दोस्रो भएको टोलीले ९७ अंक प्राप्त गरेका थिए ।
Photo Courtesy: KK Manandhar


धिमे बाजा प्रतियोगितामा सांस्कृतिक पक्ष झल्किने नृत्यहरुलाई पनि ठाउँ दिइएको थियो । स्टार राजथलाले संयोजन गरेको कार्यक्रममा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, शिक्षासेवी बाबुकाजी कसपाल, प्राज्ञिक समाज दधिकोटका राजन विष्ट, विभिन्न भजन गुठीका प्रतिनिधि, प्रतिष्ठित उद्योगी व्यवसायी, पत्रकार तथा स्थानिय बासीन्दाको उलेख्य सहभागिता थियो ।

भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ मा नाम दर्ता गराएका सहभागी टोलीहरु तपसिल छन् ।

१) श्रेष्ठ धिमे गुथि
२) लूनिभाः धिमे खलः सिरुटार भक्तपुर
३) मानन्धर जात्रा गुथि धिमे खलः दधिकोट पकाण्डोल
४) चित्रपुर धिमे खलः दधिकोट चोपु
५) सूर्यविनायक धिमे खलः सूर्यविनायक भक्तपुर
६) विनायक शिक्षा निकेतन धिमे खलः चपाचो थिमि
७) मध्यपुर धिमे खलः बालकुमारी थिमि
८) न्हूजः धिमे खलः समूह ‘क’ नासमना भक्तपुर
९) न्हूजः धिमे खलः समूह ‘ख’ नासमना भक्तपुर
१०) सिवाः साय्मि खलः समूह ‘क’ मध्यपुर थिमि सिवाटोल
११) सिवाः साय्मि खलः मचा पुचः समूह ‘ख’ मध्यपुर थिमि सिवाटोल
१२) फ्रिडम धिमे खलः लुभू सिमाना भक्तपुर


रुकेश मानन्धरले खिचेका थप तस्बिरहरु:










Wednesday, September 26, 2018

समावेशी संस्कृति, थिमिको जिब्रो छेड्ने जात्रा


तस्बिर साभार: फेसबुक


असोज १० गते, केके मानन्धर

यो वर्ष बालकराम नानिचा श्रेष्ठले जिब्रो छेडेका छन् । मध्यपुर थिमि वडा नं. ५ का श्रेष्ठले असोज ९ गते राती थिमिको दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा जिब्रो छेडेका हुन् । हजारौंको संख्यामा उपस्थित भीडभाडकाबीचमा कर्मी नाइकेले करिव १० इन्च लामो सुइरोले श्रेष्ठको जिब्रो छेडे ।
नगरभित्रका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेर राती करिव ८ बजे दिगुटोल पुगेका उनलाई दुई जना सहायकमार्फत भैरव मन्दिर फर्काएर डबलीमा चढाइयो । त्यसपछि शुद्ध तोरीको तेलमा डुबाइ राखिएको फलामको सुइरोले जिब्रो छेडियो ।
नायः पःमां (तत्कालिन थिमि दरबारका प्रमुख प्रशासक)को उपस्थितिमा श्रेष्ठले जिब्रो छेडाएसँगै भ्ये (महादीप)लाई काँघमा बोकेर उनी बोडे, नगदेश र थिमिका विभिन्न टोल परिक्रमा गर्न पुगे । खाली खुट्टा सेतो जामा लगाएर नगर परिक्रमा गरेका उनीसँगै ‘ताकुँ भेः ख्वाःमस्यूसें भ्वय् नये’ भन्दै स्थानिय युवाहरु सहभागी भए । कतिपयले धिमे बाजाको तालमा भुस्याः बजाएर नगर परिक्रमा गरे । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार नीलबाराही, भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको पशुपतिनाथसम्म पनि परिक्रमा गरेको इतिहास छ ।
तस्बिर साभार : नारायण महर्जन/सेतोपाटी


ऐतिहासिक पक्षः
काठमाडौंमा कुमारी, भैरव र गणेशको रथ तानेर इन्द्रजात्रा मनाइ रहँदा थिमिमा भने जिब्रो छेडाएर जात्रा मनाइन्छ । प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने परम्परा भएपनि विगत केहि दशक यता आर्थिक तथा प्राविधिक कारणले यो जात्रा बन्द हुने र पुनः सन्चालनमा आउने क्रम जोडिएको छ । यसअघि २०५०, २०५७, २०६३ र ०७४ सालमा गरी चार पटक जिब्रो छेडाएको देखिन्छ । गत वर्ष विरेन्द्रभक्त गजू श्रेष्ठले जिब्रो छेडाएको भएपनि २०५० देखि ०६३ सम्म तीन पटक कृष्ण नानिचा श्रेष्ठले संस्कृति संरक्षणमा योगदान दिए ।
‘यो जात्राको आधिकारिक अभिलेख भेटिएको छैन । तर पनि बालकुमारी मन्दिरमा अवस्थित सुइरोको संख्यालाई हेरेर आंकलन गर्दा करिव साढे तीन सय वर्ष अघिदेखि शुरु भएको अनुमान लगाउन सकिन्छ ।’ स्थानिय पूजा गुठीका प्रदीप जामनः श्रेष्ठले बताए । जिब्रो छेडाउने व्यक्तिलाई नगर परिक्रमा गराए पश्चात् सोही मन्दिरभित्रको थाममा सुइरो चढाउनुपर्ने हुन्छ । अहिले पनि थाममा कम्तीमा ३५० वटा सुइरोलाई टाँगिएका छन् । कतिपय अवस्थामा एकै वर्ष सात जनाले पनि जिब्रो छेडेको र धेरै वर्ष बन्द हुने क्रमसँगै थिमिमा जिब्रो छेड्ने जात्राको ऐतिहासिक पक्षको यकिन आंकलन भने गर्न सकिएको छैन ।
जबकी यो जात्रासँग किंवदन्ती भने जोडिएको छ । जनश्रुती अनुसार नगरभित्रका भूतप्रेत तथा ख्याकलाई भगाउन शाहसीक व्यक्ति छनोट गरी जिब्रो छेड्ने चलन शुरुआत गरिएको हो । जिब्रो छेड्ने व्यक्तिसँग यांमता (लामो बाँसमा कपडाले बेरेर तोरीको तेल राखेर बाल्ने आकास दीप) सहभागी गराउने कथन पनि करिव उस्तै छ । नगरस्थित घरको छानो, अँध्यारो ठाउँ तथा कुनाकाप्चामा लुकेर बसेका ख्याकलाई आगोले पोलेर भगाउनको लागि यांमता प्रयोग हुने बताइन्छ ।
तर वैज्ञानिक तर्क भने अलिक फरक हुनसक्छ । तत्कालिन अवस्थामा बिजुली बत्ती विकास भएको थिएन । जात्रालुलाई बाटो देखाउन यांमता सहभागी गराइएको तर्क तुलनात्मक बढी सहि होला ।
जात्रामा श्रेष्ठ समुदायको नायः पःमां, कःमि नायः तथा अन्य पदवीले थिमिको जिब्रो छेड्ने जात्रा मल्लकालीन परम्परासँग सम्बन्धित भएको दर्शाउँछ । जबकि यसको आधिकारीक अभिलेखले यसलाई थप पुष्टि गर्दै जाला अथवा भनौं यसको विषयमा विस्तृत अध्ययन जरुरी छ ।

तस्बिर साभार : नारायण महर्जन/सेतोपाटी 

पूजाविधिः
जिब्रो छेड्ने जात्राको लागि श्रेष्ठ समुदायभित्रको जामनः थरकाले पूजाविधि चलाउनुपर्ने प्रावधान छ । आठ दिन अघि ‘द्यः दुसालेगु’ भन्दै बालकुमारी पीठमा एघार वटा किसली (माटोको प्यालामा चामल, सुपारी र सिक्का राखिएको)सँग बलिपूजा गरी साधना गर्नुपर्ने हुन्छ । त्यस्तै इन्द्रजात्राको दिन पनि सोही पीठमा छ्वय्ला ब्वः गरी भोज आयोजना गर्नुपर्ने हुन्छ ।
भाद्र शुक्ल पूर्णिमाको दिन जामा लगाएर बालकुमारीमा पूजा जानुपर्ने चलन छ । त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन ब्रत बसेको हुन्छ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि प्रचण्ड भैरवसम्मका फरक पीठ र मन्दिरमा पुगेर दीप प्रज्वलन गरेको हुन्छ ।
पूर्णिमाको राती जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गरेपछि अन्तमा बालकुमारी मन्दिरमा पुगेर कःमि नायःले सुइरो निकाले पश्चात् नित्यनाथ परिसरको माटो जिब्रोमा लगाइदिएको हुन्छ । त्यसलगतै सगुन लिएर भोज खुवाउने चलन छ भने भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी देवता पु¥याउन जाने अर्थात विसर्जन पूूजा गर्नुपर्ने प्रावधान छ ।

तस्बिर साभार : नारायण महर्जन/सेतोपाटी 

जिब्रो छेड्ने जात्रासँग बसन्तपुर दरबारको सम्बन्धः
यो जात्राको सम्बन्ध प्रत्यक्ष रुपमा काठमाडौंको बसन्तपुर दरबार र इन्द्रजात्रासँग जोडिएको छ । पूर्णिमाको चार दिन अघि नायः पःमांको नेतृत्वमा बाजागाजासहित हनुमानढोका दरबारबाट राजखड्गलाई थिमि नगरमा भित्र्याइन्छ । राजकीय सम्मान दिएर खड्गलाई थिमि नगरमा प्रवेश गराइनुले थिमिको जिब्रो छेड्ने जात्रा र बसन्तपुर दरबारसँगको सम्बन्धलाई दर्शाउँछ । पूर्णिमाको चार दिन अघि नगर प्रवेश गराइने राजखड्गलाई जिब्रो छेड्ने समयमा दिगुटोलको डबलीमा सहभागी गराइन्छ ।

तस्बिर साभार : नारायण महर्जन/सेतोपाटी 

ऐतिहासिक र समावेशी संस्कृतिः
ऐतिहासिक र समावेशी संस्कृतिको पहिचान बनाएको मध्यपुर थिमिको जिब्रो छेड्ने परम्परालाई जगेर्ना गर्न गत वर्ष चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा व्यवस्थापन समिति बनाइएको हो । यो वर्ष भने श्यामहरि धनके श्रेष्ठलाई ‘येँयाः पुन्हिया लसताय् म्येँ प्वाः खानेगु जात्रा व्यवस्थापन समिति’को संयोजकमा नियुक्त दिइएको हो । १५ सदस्यीय समितिले यो वर्ष जात्राको लागि आवश्यक पूजा सामग्रीको जोहो गर्नेदेखि आर्थिक प्रबन्ध मिलाउने, स्वयंसेवी परिचालन र जात्रामा सहभागी हुने फरक समुदायसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ ।
जात्राको लागि आवश्यक पूजाविधि गर्ने र जिब्रो छेड्ने व्यक्ति भने श्रेष्ठ समुदायबाट छनोट गर्नुपर्ने प्रावधान छ । त्यस्तै जात्रामा यांमतालाई सहभागि गराउनेमा मानन्धर समुदायले जिम्मेवारी पाएको हुन्छ । चोडे टोलको थातु साः र सिवाः टोलको लाय्कू साःबाट यो वर्ष जात्रामा दुई वटा यांमतालाई सहभागी गराइयो । मानन्धर युवा समूहको नाउँबाट थातु साःले लामो बाँसमा कपडाले बेरेर त्रिशुल आकारमा बनाइएको यांमतालाई जात्रामा सहभागी गराउँदा सिवाः साय्मि खलःको तर्फबाट अर्को यांमता सहभागी गराइयो ।
त्यस्तै, पूर्णिमाको चार दिन अघि बसन्तपुर दरबारबाट राज खड्गलाई नगर प्रवेश गराउँदा कपाली समुदायले म्वाय्ली बाजा बजाउनु पर्ने प्रावधान छ । सुइरो बनाउने जिम्मेवारी भने नकर्मी समुदायको हुन्छ । जिब्रो छेड्ने व्यक्तिले बोकेको भ्ये (महादीप)लाई कुटु (प्रजापति) समुदायले लानुपर्ने बताइन्छ ।
जात्रामा नेवारभित्रका श्रेष्ठ, मानन्धर, नकर्मी, कपाली, कुटु, भासिमां (प्रजापति)हरुको सहभागिता, जिम्मेवारी र भूमिकाले थिमिको जिब्रो छेड्ने जात्रालाई समावेशी जात्राको रुपमा स्वीकार गर्न सकिन्छ । संस्कृतिले समुदायबीचको एकतालाई प्रदर्शन गर्ने भएर पनि यस्ता संस्कृति संरक्षण गर्नु आवश्यक छ ।  यी संस्कृतिले एक त सांस्कृतिक पहिचान दर्शाउँछ भने अर्कोतर्फ राजनीतिक, आर्थिक तथा अन्य तबरले फरक क्षेत्रका व्यक्तिलाई एकै थलोमा ल्याएर सहकार्य गर्ने÷गराउने अवसर दिलाउँछ ।

थिमिको जिब्रो छेड्ने जात्राको थप तस्बिर:




Wednesday, September 19, 2018

मातृभाषाको शिक्षा र वास्तविकता

३ साउन, केके मानन्धर

मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित भयो । प्रतिनिधिसभाको भाद्र ३० गतेको बैठकले संविधानको धारा ३१ को उपधारा ५ बमोजिम मातृभाषाको शिक्षालाई सुनिश्चित हुनेगरी विधेयक संशोधन सहित पारित गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष तथा माननीय सांसद राजेन्द्र श्रेष्ठले मातृभाषाको माध्यमबाट शिक्षा पाउनुपर्नेमा ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका हुन् । त्यस बाहेक अनिवार्य तथा निशूल्क शिक्षा लगायत अन्य ३२ वटा संशोधन प्रस्ताव दर्ता भए । प्रारम्भिक मस्यौदाको बुँदा २५ मा नेपाली समुदायले बोल्ने मातृभाषा समेत माध्यम भाषा हुने उल्लेख गरेर विधेयकलाई संशोधन गरेर पारित गरियो । संसद्बाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि पूर्णता पाउने संवैधानिक व्यवस्था छ ।
नयाँ शिक्षा विधेयक लागु भएसँगै अब नेपालको एक भाषा नीतिको शिक्षा प्रणाली परिवर्तन भएर बहुभाषिक हुने देखिन्छ । बहुभाषी राष्ट्रको लागि सोही अनुरुपको शिक्षा सम्बन्धिको कानुन तर्जुमा गर्ने जिम्मेवारी र अधिकार भने प्रदेश र स्थानिय तहमा गएको छ । राज्यले नै मातृभाषाको शिक्षा सम्बन्धिको जिम्मेवारी लिने भएपछि संकटमा परेका नेपाली मातृभाषाले पुनर्जिवन पाउने आशा पलाएको छ । शिक्षामन्त्री गरिराजमणि पोखरेल पनि मातृभाषाको शिक्षाको लागि सम्बन्धित सरकारले आवश्यक कानुन बनाउनु पर्नेमा जोड दिनुहुन्छ ।
प्रतिनिधिसभाले मातृभाषाको शिक्षा सुनिश्चित हुने गरी अनिवार्य तथा निशुल्क शिक्षा विधेयक, २०७५ लाई पारित गरेपनि व्यवहारमा भने यसको ठिक उल्टो भइरहेको छ । अर्थात, मातृभाषाको उच्च शिक्षाको लागि विद्यार्थी, शिक्षक तथा आवश्यक प्रबन्ध बनिरहेको छैन । एक त मातृभाषामा अध्ययन गर्ने विद्यार्थी न्यून छ अर्कोतर्फ शिक्षक र अध्यापनको प्रबन्ध पनि सोहि अनुकूल छैन ।
पछिल्लो समय मानविकी संकाय अन्तर्गत स्नातक तहमा नेपालभाषाको विषयलाई बागबजारस्थित पद्मकन्या कलेज,  ललितपुरको पाटन संयुक्त तथा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यापन गराइँदै आएको छ । यसअघि लैनचौरको सरस्वती कलेजमा स्नातक तहमा नेपालभाषाको विषय राखिएको भए पनि विद्यार्थी नभएर बन्द गरिएको थियो ।
यता रत्नराज्य लक्ष्मी क्याम्पसले २०७४ सालमा स्नातक तहको पहिलो वर्षमा भर्ना खुलाएको भए पनि यो वर्ष भने बन्द गरेको छ । केहि समय अघि क्याम्पस प्रशासनले नेपालभाषाको विषय उल्लेख नगरी नयाँ भर्ना सम्बन्धिको सूचना प्रकाशित गरेको हो । मातृभाषाको विषय अध्ययन गर्ने विद्यार्थी नपुग्ने तथा दरबन्दीका प्राध्यापक अभावको कारण देखाइ क्याम्पसले यस वर्ष मातृभाषाको विषय नपढाउने गरी नयाँ भर्नाको सूचना प्रकाशित गरेको क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले दाबी गरिन् । निश्चित विषयको अध्यापन गराउन कम्तीमा दस जना विद्यार्थी हुनुपर्ने तथा तीन वर्षे स्नातक तहको लागि तीनै जना प्राध्यापक चाहिनेमा ती मापदण्ड नपुगरेको भन्दै नेपालभाषाको विषय नपढाउने जनाए । क्याम्पसको आन्तरिक स्रोतबाट पनि न्यून विद्यार्थी संख्या हुने सवालमा प्राध्यापक नियुक्ती गर्न नसकिने सुवालको भनाइ थियो ।
हुन त प्राध्यापक दरबन्दी नियुक्तीको लागि सम्बन्धित कलेजले पत्राचार गरेको अवस्थामा त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय अन्तर्गत शिक्षाध्यक्ष (रेक्टर)ले कार्यकारी परिषद्मार्फत निर्णय गराउन सक्ने प्रावधान छ । शिक्षाध्यक्षले रजिष्ट्रार कार्यालयसँगको समन्वयमा उप–कुलपतिलाई जानकारी गराएर आवश्यकता अनुरुप विषयगत विधाका प्राध्यापक नियुक्त गर्न सक्ने अधिकार छ ।
गएको वर्ष देखि नेपालभाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मदनसेन बज्राचार्य तथा श्रीमिला रंजितले अध्यापन गराइरहनु भएको छ । यसअघि प्रा.डा. चन्द्रमान बज्राचार्य, जनक नेवाः, पुष्प चित्रकार, इश्वरानन्द श्रेष्ठाचार्य लगायतले रत्नराज्य क्याम्पसमा नेपालभाषाको विषय अध्यापन गराए । ती मध्ये बज्राचार्य नेपालभाषा केन्द्रिय विभागमा खटिएर गएका हुन् भने अन्यले अवकाश पाएका छन् ।
नेपालभाषा केन्द्रिय विभागले समग्र पाठ्यक्रमको विषयमा योजना बनाउने अधिकार राखे पनि सम्बन्धित कलेजको लागि प्राध्यापक नियुक्ती गर्ने क्षमता राख्दैन । विभागका अध्यक्ष डा. ओमकारेश्वर श्रेष्ठले जानकारी दिए अनुरुप रत्नराज्य क्याम्पसको लागि नेपालभाषाको विषय अध्यापन गराउने प्राध्यापक सिफारिस गर्ने बाहेक नियुक्ती गर्ने हैसियत राख्दैन ।
केहि वर्ष अघि सम्म मातृभाषा अध्ययन गर्ने केन्द्रको रुपमा विकास भएको रत्नराज्य क्याम्पसमा पछिल्लो समय नयाँ भर्ना नलिएकोप्रति भाषासेवी तथा विद्यार्थीहरुको ध्यानाकर्षण भएको छ । सोसँगै स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहेका विद्यार्थी तथा सरोकारवालाहरुले ‘नेपालभाषा सेभिङ मुभमेन्ट’को अभियानै चलाएका छन् । विभिन्न पक्षलाई समेतेर व्यापक छलफल तथा अन्तक्र्रिया गर्दै मातृभाषाको शिक्षालाई प्रभावकारी बनाउनेमा उनीहरुले प्राथमिकता दिएका छन् ।
अभियानमा रिदेन महर्जन, इन्द्रमान महर्जन, प्रशान्त डंगोल, रितेश मल्ल, शिवराम मुनिकार, महेश्वर श्रेष्ठ, जेनेश मुनिकार, कविन श्रेष्ठ, सुरोज तण्डुकार, राजेश श्रेष्ठ लगायतका छन् । उनीहरुले असोज १ गते क्याम्पस प्राङ्गणमा कार्यक्रम गरेर नेपालभाषा हेल्प डेस्क समेत स्थापना गरे । अभियानमा दिन क्याम्पसमा अध्यापन गराउने मदनसेन बज्राचार्य, नेवाः बस्ति नेवाः स्कूल अभियानया संयोजक दिपक तुलाधर, मनिषकुमार श्रेष्ठ, भाषासेवी विष्णु चित्रकार, शाक्य सुरेन, विद्या चित्रकार लगायतले साथ दिएका छन् ।
अभियान अन्तर्गतको कार्यक्रममा सहभागी भएका रत्नराज्य क्याम्पसका सहायक प्रमुख डोलराज काफ्लेले नेपालभाषा विषयको लागि दरबन्दी नभए पनि आंशिक प्राध्यापक व्यवस्था गरेर अध्यापनलाई निरन्तरता दिने आश्वासन दिए । कार्यक्रममा सहभागी अधिकांस वक्ताहरुले मातृभाषाको विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, अभियन्ता रिदेन महर्जनले विद्यालयस्तरदेखि मातृभाषाको शिक्षालाई प्राथमिकता दिनसके मात्र उच्च शिक्षामा अपेक्षित विद्यार्थी संख्या हुने बताए । महर्जनले क्याम्पसमा पछिल्लो समय नेपालभाषा अध्ययनरत विद्यार्थीको लागि कक्षा कोठा समेत समस्या भएको भन्दै क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
मातृभाषामा पढ्न पाउनुपर्ने सम्पूर्ण नेपाली नागरिकको नैसर्गिक अधिकार हो । यसलाई नयाँ संविधानले सुनिश्चित गरे अनुरुप नयाँ शिक्षा विधेयक २०७५ ले मार्गप्रशस्त गरिदिएको छ । नेपालमा १ करोड १८ लाख २६ हजार ९५३ जना अर्थात ४४.६ प्रतिशत नेपालीले खस नेपाली बाहेकको मातृभाषा बोल्छन् । आदिवासी जनजातिको ७० फरक किसिमका भाषा छन् । ती मध्ये थारु, तामाङ, नेपालभाषा, मगर, लिम्बु, गुरुङ, राई, शेर्पा आदि हुन् । मातृभाषाको रुपमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थी अन्य भाषाको तुलनामा बढि हो । तर राजधानीका रैथानेहरुको मातृभाषाको शिक्षा नै संकटमा परेको अवस्थामा अन्य भाषाको शिक्षण प्रणाली विकास गर्नु थप चुनौतीपूर्ण छ । अधिकार प्राप्त सरकारले यसमा ध्यान दिनु आवश्यक छ ।




Tuesday, September 18, 2018

सहकारी संस्थाका अन्योल तथा समाधानको उपाय
 

असोज २ गते –केके मानन्धर

सहकार्य, सहकारिता तथा सहकारी, यी शब्द परिपूरक हुन् । सहकार्य भन्नाले निश्चित लक्ष्य प्राप्तीको लागि संयुक्त प्रयास भन्ने अर्थ हुन्छ । समूह चिन्तन तथा सामाजिक काम गर्न सहकार्य गर्ने हो । निश्चित उद्देश्य पूर्ति गर्न देखि सामाजिक चेतना अभिवृद्धि तथा यावत काममा व्यक्तिबीचको सहकार्य हुँदै आएको देखिन्छ । व्यक्तिले गर्ने सहकार्य नाफामुखी वा गैर नाफामुखी दुबैमा सम्भव छ ।
सहकारिता एक किसिमको दर्शन हो वा भन्नौं अवधारणा । अर्को अर्थमा सहकारिता एक पद्धति भन्न सकिन्छ । यी अवधारणा अनुरुप गरिने कार्य सहकारिता हो । सहकारिताको मूलमर्म अनुरुप सहकारी संस्था सञ्चालन हुन्छ । संस्थागत र सांगठनीक संरचना बनाएर वित्तीय कारोबार गर्ने स्थललाई सहकारीको रुपमा बुझ्नुपर्छ । व्यवसायको अभिप्राःयमा सञ्चालन हुने संस्थामा व्यावसायिक गतिविधि हुने स्वभाविक भयो । त्यसैले पनि सहकारी संस्थाको सवाल नाफा र घाटासँग सम्बन्धित हुन्छ । व्यावसायिक गतिविधि सञ्चालन गर्न सहकारिताको अवधारणा पूरा गर्नुपर्छ । सहकारी, सहकारिताको मूल्य, मान्यता र सिद्धान्तमा आधारित हुन्छ ।
हुन त नेवार समुदायको गुठीको अद्यावधि स्वरुप नै सहकारी संस्था हो । गुठीका उद्देश्य निश्चित लक्ष्यप्राप्तिको हुन्छ भने यसभित्र हुने सस्थागत संरचना, नीति नियम, परम्परागत मान्यता र व्यवस्था, हर्जानाको तरिका देखि अन्य पक्ष सहकारी संस्थामा पनि हुन्छ । गुठीले जसरी निश्चित लक्ष्यप्राप्तिका लागि संस्थागत कार्य सञ्चालन गरेको हुन्छ त्यसरी नै सहकारी संस्थाले पनि गरेको हुन्छ । फरक किसिमका गुठी जस्तै सहकारी संस्थामा पनि विविधता रहेको पाइन्छ । प्राचीन कालदेखि नेपालमा अस्तित्वमा रहेका गुठी जस्तै बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, उपभोक्ता तथा फरक उद्देश्यका सहकारी संस्था पछिल्लो समय अस्तित्वमा देखिन्छ । गुठी र सहकारीबीचको तारतम्य विषयमा भने थप अध्ययन आवश्यक छ ।

सहकारीको इतिहास :

द सोर पोटर्स सोसाइटी नामक संस्थाले सन् १४९८ सालमा सबभन्दा पहिला सहकारी संस्था सञ्चालन गरेको हो । नयाँ ढंगको सहकारी भने सन् १८४४ सालमा बेलायतमा शुरु भएको देखिन्छ । जबकि रोबर्ट ओएनलाई सहकारीका पिता “फाडर अफ कोअपरेटिभ” भनिन्छ ।
नेपालको सवालमा २०१३ सालमा चितवनको बखानपुरमा सबभन्दा पहिला सोहि ठाउँको नामांकरण गरी सहकारी संस्था शुरु गरेको इतिहास छ । सोही सूचांक बनाएर नेपाल सरकारले सहकारी अभियानलाई निरन्तरता दिएको हो । बखानपुर सहकारी तथा अन्यको सवालमा ऐतिहासिक तथ्यपरक प्रमाणले पुष्टि गरेको छ यद्यपि सहकारी इतिहासको विषयमा अन्य पक्षको पनि आ–आफ्नै दाबी हुनसक्ला ।

सहकारीको संस्थागत संरचना :

विशेषतः सहकारी संस्थाभित्रको संस्थागत संरचना दुई किसिमका हुन्छन् । एउटा पक्ष सञ्चालक समिति तथा अर्को व्यवस्थापन पक्ष । सहकारी संस्थाका सेयर सदस्यहरुको अभिमत लिएर वार्षिक साधारण सभामार्फत निर्वाचित कार्यसमितिलाई सञ्चालक समितिको रुपमा बुझ्नुपर्छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक सदस्य बनाएर बिजोर अर्थात ५, ७, ९ वा ११ सदस्यीय कार्यसमिति हुन्छ । कार्यसमितिले वार्षिक आर्थिक योजना तथा गतिविधिलाई खाकाको रुपमा सार्वजनिक गरेको हुन्छ ।
सञ्चालक समितिले गर्ने कामलाई मूल्यांकन गर्न, संस्थाको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न तथा पारदर्र्शी बनाउन एक जना संयोजक र दुई जना सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरेको हुन्छ । यस्तो समितिले चौमासिक रूपमा आन्तरिक लेखा परीक्षण गर्ने, लेखा परीक्षणका सिद्धान्त पालना गर्ने/गराउने, सहकारीको वित्तीय र आर्थिक कारोवारको मुल्यांकन गर्ने/गराउने, विनियम र साधारण सभाको निर्णय पालना भए/नभएको हेर्ने, आर्थिक हिनामिना तथा अनियमिता भएको छ/छैन भन्ने विषयमा प्रतिवेदन पेश गर्ने अधिकार राख्दछ ।
त्यस्तै संस्थाको वित्तीय कारोबार देखि अन्य गतिविधि सञ्चालन गर्नको लागि ऋण, शिक्षा, महिला, स्वास्थ्य, सामाजिक तथा आवश्यक उपसमिति बनाइएको हुन्छ । सहकारीको विधान अनुसार विभिन्न उपसमितिलाई संस्थाको कार्यविधि मुताबिक जिम्मेवारी दिइएको हुन्छ । त्यस्तै व्यवस्थापक÷प्रबन्धक, लेखापाल, कार्यालय सहायक, बजार प्रतिनिधि, कार्यालय सहयोगी जस्ता पद बनाएर व्यवस्थापन पक्ष बनाइएको हुन्छ । सञ्चालक समितिले बनाएको संस्थाको कार्यविधि तथा वार्षिक वित्तीय योजनालाई व्यवस्थापन पक्षले सफल कार्यान्वयन गराएको हुन्छ । सेयर सदस्यहरुलाई उत्कृष्ट वित्तीय सेवा दिएर संस्थालाई सबल गराउनु  व्यवस्थापन पक्षको मूख्य भूमिका हो । यी दुबै पक्ष एकअर्काका परिपूरक हुने भएर समन्वय गर्नु नितान्त आवश्यक छ ।

सहकारी संस्थाको वर्तमान अवस्था, समस्या र समाधानको उपाय :

२०७४ भदौ ५ गतेको मन्त्रीपरिषद् बैठकले नेपाललाई ७७ जिल्ला घोषणा ग¥यो । त्यसअघि पनि नेपालका ७५ वटै जिल्लामा डिभिजन सहकारी कार्यालय भने थिएन । सुगम ठाउँमा एक जिल्लाका लागि एउटा डिभिजन सहकारी कार्यालय थियो । यद्यपि दुर्गम र विकट जिल्लामा त्यस्तो अवस्था थिएन । विकट ठाउँमा एउटै कार्यालयले तीन जिल्ला सम्मका सहकारी संस्था दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन र नियमन गथ्र्यो । तर पछिल्लो समय संघीय संरचना अनुरुप सहकारी संस्थालाई स्थानिय निकाय मातहत राखेको छ ।
संस्थाको कार्यक्षेत्र अनुरुप निश्चित ठाउँका सेयर सदस्यहरुबीच काराबोर गर्ने संस्थाले नगरपालिका वा गाउँपालिकासँग समन्वय गरेर सहकारी संस्था सञ्चालनको स्वीकृति पाएको छ । तर स्थानिय सरकारले अधिकांस सहकारी संस्थाको लागि यथोचित व्यवस्थापन गर्न सकेको छैन । संघ, प्रदेश र स्थानिय सरकारबीचको समन्वय अभाव तथा आवश्यक कानून नबन्दा सहकारी संस्थाहरु अलमल भएका हुन् । सहकारी सम्बन्धिका सम्पूर्ण काम केन्द्रबाट नहुनु र स्थानीय तहले व्यवस्थित रुपमा शुरु नगर्दा नयाँ संस्था दर्ता, आर्थिक हिसाब बुझाउने लगायतका काम प्रभावित हुँदै आएको देखिन्छ । खासगरी कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन र नयाँ कानुन अभावले स्थानिय तह पनि अलमलमा परेको देखिन्छ । सहकारी विभागको तथ्यांक अनुरुप देशभर दर्ता भएका ३४ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था पछिल्लो समय अलमलमा परेको छ । सहकारीको विषय संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहको मात्र नभई संघ र प्रदेशको साझा सूचीमा छ । संविधानको धारा ५७(६) बमोजिम प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानून बनाउँदा संघीय कानूनसँग नबाझिने गरी बनाउनु पर्ने भनेको छ । त्यसैले प्रदेश तथा स्थानिय तहले सहकारी कानून बनाउँदा संघीय सहकारी ऐन २०७४ सँग नबाझिने गरी र सो ऐनले उल्लेख नगरेको विषयमा मात्र सीमित रहनुपर्ने हुन्छ ।
संविधानको अनुसुची ६ र ८ अनुरुप प्रदेश र स्थानिय तहले सहकारी संघ र महासंघको दर्ता, नियमन लगायत विषयहरूमा कानून बनाउने र नियमन गर्ने अधिकार दिएको छैन । यसले केवल आफ्नो क्षेत्र भित्रको विषयगत र बहुउद्देश्यीक सहकारी संस्थाको गठन र सञ्चालन विधि केन्द्रिय कानूनसँग नबाझिने गरी बनाउन सक्ने भनेको छ । सहकारी ऐनको दफा १५० ले संघियता कार्यान्वयनमा सहज गर्न केही अन्तरिम व्यवस्था पनि गरेको छ । जस अनुसार स्थानिय तहले आफ्नो भौगोलिक क्षेत्रभित्र मात्र सञ्चालन गर्ने गरी कुनै सहकारी संस्था दर्ता गर्न र नियमनका सम्पूर्ण कार्य गर्न चाहेमा नगर सभाले वा गाउँ सभाले सो सम्बन्धमा निर्णय गरी यस ऐन बमोजिमको काम गर्ने बाटो भने खुलाएको छ ।
त्यस्तै प्रदेशको भौगोलिक अधिकारक्षेत्र भित्र पर्ने एक स्थानिय तहभन्दा बढि कार्यक्षेत्र भएको सहकारी संस्थाको हकमा प्रदेश कार्यपालिकाले तोके बमोजिमको निकायमा सहकारी संस्था दर्ता गर्ने कार्य गर्न सक्छन् । जसले दर्ता संस्था गर्छ सोही निकायले नियमनको कार्य समेत गर्न पाउने व्यवस्था ऐनमा गरिएको छ । तसर्थ यो ऐनले संघियतालाई आत्मसात गरी अधिकारको विन्यासको शुरूवात समेत गरेको मान्नु पर्छ । तर यो अधिकारको प्रयोग भने स्थानिय तह र प्रदेश सरकारले गम्भिरतासाथ प्रयोग गर्नु उचित हुन्छ ।





Wednesday, August 29, 2018

इतिहास मै पहिलो पटक मध्यपुरमा एकैसाथ धेरै नाच प्रदर्शनीमा आयो ।

इतिहास मै पहिलो पटक मध्यपुरमा एकैसाथ धेरै नाच प्रदर्शनीमा आयो ।

१३ भाद्र, केके मानन्धर

Photo Courtesy: Facebook




इतिहास मै पहिलो पटक मध्यपुरमा एकैसाथ धेरै नाचहरु प्रदर्शनीमा आएकाे छ । आनुष्ठानिक र तान्त्रिक गुह्य पूजा विधिमा आधारित यी नाचसँगै हजारौं मध्यपुरबासीहरु पनि जुटेका हुन् । घनत्व बढी भएका पुराना बस्ती मध्ये बोडेमा यस वर्ष १२ वर्षे नीलबाराही नाच, नगदेशमा महाकाली तथा थिमिको साबिक चपाचो र बालकुमारीमा पाँच फरक नाचहरु प्रदर्शनीमा आएका छन् । सांस्कृतिक र धार्मिक महत्व बोकेका यी अमूर्त सम्पदाले कपियत ठाउँमा बन्द भएको एक दशक पश्चात जीवन पाएकाे छ भने बाँकी ठाउँमा निरन्तरता । हुन पनि २०५४ सालमा स्थापना भएको नगरको नारा “हाम्रो कला हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति” हो । यस वर्ष सम्पूर्ण मध्यपुरबासीको संस्कृतिप्रतिको समर्पनले नगरको नारालाई चरितार्थ गर्ने संकेत गरेको छ ।
विगतका वर्षहरुमा निश्चित ठाउँमा सीमित नाचहरु मात्र प्रदर्शनीमा आएका थिए । तर यस वर्ष भने सम्भवतः इतिहास मै पहिलो पटक एकैसाथ धेरै नाचहरु अस्तित्वमा देखियाे । “यो वर्ष धेरै नाचहरु देखाइएका छन् । पहिला मलाई थाहा छैन” छयास्सी वर्षका स्थानिय मोहनलाल मानन्धरले जनाए। उहाँको भनाइ अनुरुप पनि नौ दशक यता मध्यपुरमा एकैसाथ यो वर्षको जस्तो धेरै नाचहरु प्रदर्शनीमा आएका छैनन् । शुरुका समयमा नाच सम्बन्धित लिखित दस्ताबेज कमै भेटिने भएर पनि यो वर्ष मध्यपुरमा स्थानियबासीको संस्कृति मोह अधिक भएको दर्साउँछ ।

बोडेको नीलबाराही नाचः

मध्यपुर थिमिको साबित वडा नं. १, २ र ३ लाई बोडे नगरको रुपमा बुझ्नुपर्छ । यहाँ हरेक वर्ष बिस्केट जात्रामा जिब्रो छेड्ने तथा नेपाल संवत् अनुसार गुंलागा (दसौं महिना) दुतियादेखि नीलबाराही नाच नचाइँदै आएको छ । चार दिन सम्म विभिन्न देवगणका मुकुन्डो लगाएर नचाइने नीलबाराही नाच अन्तर्गत यस वर्ष १२ वर्षे मेला परेकोले एक दिन थप गरेर पाँच दिन सम्म हुने स्थानिय रमेश थापा श्रेष्ठले बताए । नीलबाराही नाचलाई राति, बिहान र दिउँसो नगरका भित्री टोल देखि चोकमा देखाउने गरिन्छ । बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर समापन गर्नुपर्ने परम्परा छ ।
Photo Courtesy: Facebook



तान्त्रिक नियममा बाँधिएर रहनुपर्ने यो नाचलाई प्रत्येक टोल तथा चोकमा धा बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर नचाइन्छ । नीलबाराही देवीले मानवको रुप धारण गरी बोडे नगरका स्थायी बासिन्दा मध्ये स्थानीय धों थरका एक जनालाई जंगलमा लगेर चार दिनसम्म गोप्य तबरले नाचको सम्पूर्ण विधि सिकाएदेखि यो नाचले निरन्तरता पाएको किंवदन्ती छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने कडा प्रावधान रहेको छ ।
Photo Courtesy: Facebook


यसमा समूहगत देवगण मध्ये भैरव, द्वारपाल, बाराही, कुमारी, गणेश र सिंह गरी १९ व्यक्तिको सहभागिता रहन्छ । ती फरक देवदेवीका गण नाचको लागि कम्तीमा १०० जनाको संख्यामा सहयोगी आवश्यक हुन्छ । यस वर्ष १२ वर्षे मेला अन्तर्गत “खः त्यलेगु प्याखँ” को रुपमा नीलबाराही गणलाई विगतका वर्षमा भन्दा पृथक शैलीमा नचाइएको छ ।

नगदेशको महांकाली नाचः

नेपाल संवत् ६३३ मा राजा सुवर्ण मल्लले भक्तपुरमा नवदुर्गा नाच, बोडेमा नीलबाराही गणनाच, थिमि र नगदेशमा महांकाली तथा भैरव नाचको प्रारम्भ गरेका हुन् । अनिकाल परेको राज्यमा सहकाल र शान्तिको कामना गर्दै विभिन्न देवदेवतालाई पुकारेर देवगणहरुको नाच शुरु गरेको बताइन्छ । करिव पाँच सय वर्षको इतिहास बोकेको महांकाली नाचलाई किंवदन्तीसँग जोडेको पनि पाइन्छ । नगरमा दुःख दिने भूत, पिचास, दैत्य भगाउन देवगणको नाच शुरु गरिएको स्थानियबासीको मान्यता हो । महांकाली नाच पनि गाइजात्राको भोलिपल्ट देखि चार दिनसम्म नचाइन्छ । तर यस वर्ष नगदेशमा भाद्र १५ र १६ गते दुई दिन मात्र नचाइने बताइएको छ ।

Photo Courtesy: Facebook


“नगदेश सांस्कृतिक पुचः” नामक संस्था गठन गरी महांकाली नाचलाई निरन्तरता दिन अक्षयकोषको स्थापना गरिएको स्थानिय स्वस्थानी वैद्य (महांकाली नाचका कलाकार)ले जनाए । केहि दशक यतादेखि मध्यपुरको ७ नं. वडा (साबिक वडा नं. ४, ५ र ६) नगदेशमा यो नाच निश्चित वर्ष बन्द हुने र पुनः सञ्चालनमा आउने क्रम जोडिंदै आएको देखिन्छ । यो क्रमभंग तोड्न पनि स्थानिय युवाको सक्रियतामा अक्षयकोष बनाइएको हो ।

थिमिको चपाचोमा भैरव नाचः

२०७० सालमा आयोजना गरिएको भैरव नाच पाँच वर्ष बन्द भएर पुनः यस वर्ष चपाचोको नासःननीमा सन्चालनमा आएको थिमि भैलः प्याखँ व्यवस्थापन समितिका सचिव विकास प्रजापतिले जनाए । यसअघि स्थानीय युवाको पहलमा मध्यपुर थिमि वडा नं. १० को तुलननी र कुमाननीमा भैरव नाच नचाइएको थियो । यो नाच पनि भाद्र कृष्णपक्ष द्वितिया देखि शुरु भएर चार दिन सम्म नचाइने परम्परा छ । यस वर्ष भाद्र १२ गते देखि थिमिका भित्री टोल तथा चोकमा भैरव नाच नचाइरहेको छ ।

Photo Courtesy: Facebook


जम्मा पाँच कलाकार रहने देवगणको टोलीमा यस वर्ष ज्यापुंगःको भूमिकामा आकास प्रजापति, प्रथम भैरवको रुपमा सुनिल प्रजापति, अन्तिम भैरवको रुपमा समीर शंखदेव तथा दुई दागिं (कुमारी)को रुपमा सुशन र सुजन प्रजापति छन् । भैरव नाचमा एक दर्जन दागः (काठ र छालाबाट बनेको बाजा), आठ वटा भुस्याः बाजा, आठ जनाले पोङा बाजा र मुहाली (सनई) बजाउने गरिन्छ । ति सम्पूर्ण कलाकारले भैरव नाचको लागि करिव एक महिना अघि देखि तयारी थालेका हुन् । सम्भवतः मध्यपुर थिमि कै सबभन्दा बढी गुरुहरुले संयुक्त रुपमा यो टोलमा भैरव नाचको प्रशिक्षण दिएका छन् । मानार्थ मूल गुरुका रुपमा जीवित सांस्कृतिक धरोहरको उपाधि पाएका श्री श्रीगोपाल प्रजापति देखि अन्य गुरुहरुमा कृष्णबहादुर, प्रेमकाजी, चन्द्रभक्त, बालकृष्ण प्रजापति रहेका छन् । धा बाजाका ३० देखि ३२ तालमा नचाइने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नित्यनाथ (नासःद्यो)को प्रांङणमा भने अनिवार्य नचाउनै पर्ने बताइएको छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर, निराहार बस्नुपर्ने कडा प्रावधान रहेको छ ।

Photo Courtesy: Facebook


भैरव (भैलः) नाचमा ८ देखि १२ वटा धा बाजा बजाइन्छ । धा बाजालाई साथदिन ८ जोडी भुस्याः, ४ वटा म्वायली र चारैवटा पोङा बजाइन्छ । यी बाजाहरुको सांगीतिक माहौलमा ज्यापुंगः, प्रथम भैरव, अन्तिम भैरव, दुई कुमारी क्रमबद्ध रुपमा नाच्दै आउँछन् । तिनीहरु भन्दा अगाडी एउटा चिलाख बत्ती हुन्छ भने बाजा समूह र गुरुहरु पछिपछि लाग्छन् । ठाउँ र परिस्थिति अनुरुप तालहरु फरक फरक बजाइन्छ । भैलः गः, नासः गः, भुस्याः गः, पों गः, फाकुचा गः, बाराही गः, सिं गः, बेताः गः, ब्याँ गः, लगायत मूख्यतया १२ गः तथा अन्य विविध तालहरु रहेका हुन्छन् । भैरव नाचको मूख्य आकर्षणको रुपमा नाचका क्रममा नाच्ने कलाकारहरुमा साक्षात देवीदेवता प्रवेश भइ द्यः खाइगु भनी काम्ने हुन्छ । यस्तो काम्ने बखतमा सो कलाकारले केहि पनि चाल नपाउने हुन्छ । यस प्रकारको काम्ने कार्य द्यः खाइगु गर्दा २ मिनेट देखि ३ घण्टा सम्म पनि भएका उदारहणहरु छन् । यसो हुनुको मूल कारण नाच निकाल्नुपूर्व गरिने तान्त्रिक पूजा खात्सिल विधिबाट सिउ राख्ने मात्रामा आधारित हुन्छ ।
Photo Courtesy: Facebook



नेवार समुदायमा भैरवको स्थान उच्च रहेको भएर पनि कुल देवताका रुपमा पुज्ने देखि नाच देखाउने परम्परा कायम रहेको देखिन्छ ।

थिमिको बालकुमारीमा अष्टमातृका, भष्मासुर मोहिनी, महांकाली र इन्द्र अप्सरा नाचः

यस वर्ष मध्यपुरको लायकूस्थित बाकुननी (साबिक बालकुमारी) मा अष्टमातृका, भष्मासुर मोहिनी र महांकाली गरी तीन फरक किसिमका नाच आयोजना गरिएका छन् । मानार्थ गुरु श्री श्रीगोपाल प्रजापतिको संरक्षणमा गुरुहरु अर्जुन श्रेष्ठ र निरन्जन श्रेष्ठले ती नाचलाई नेतृत्व गरेका छन् । भाद्र १२ गते देखि प्रत्येक साँझ करिव ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै पुराना बस्तीका टोल तथा चोकमा नाच नचाइँदै आएको छ । यो नाच दथुटोल, दिगुटोल, चपाचो, पोवु, भुँलाखेल, वाःननी हुँदै अन्य टोलमा परिक्रमा गराउनुपर्ने प्रचलन छ ।

Photo Courtesy: Facebook


यो नाचमा महांकाली, महालक्ष्मी, कुमारी, सिंह, मयुर, महिसासुर दैत्य, भूत भैरव, कवां, ख्याक र माकः (बाँदर) गरी जम्मा १८ कलाकारहरुको सहभागिता रहन्छ । नाचको सुरुआत र समापनमा विशेष पूजाआजा गरिन्छ । महांकाली नाचमा २१ फरक बाजाका ताल रहेकोमा सोही अनुरुप देवगण रुपी कलाकारहरुको नाच देखाइन्छ । नाचमा बालक देखि बृद्धा सम्मको आ–आफ्नै भूमिका रहन्छ । त्यस्तै इन्द्र अप्सरा नाचको सन्दर्भमा केहि वर्ष यतादेखि स्थानिय कायष्थ र बाके श्रेष्ठ थरका समुदायले प्रशिक्षण दिएर नाचलाई निरन्तरता दिएको पाइन्छ ।

Photo Courtesy: Facebook

मूल गुरुको रुपमा ज्ञानलाल कायष्थ र कृष्णमान बाके श्रेष्ठको प्रशिक्षणमा इन्द्र, अप्सरा तथा बसुवाः गरी पाँच जना कलाकारले प्रत्येक वर्ष नाच देखाउने गरेका छन् । खिं बाजाको तालमा ताः बजाएर इन्द्रको वरपर चार जना अप्सरा तथा एक जना सेतै फुलेको दाह्री भएका बसुवाःको नाच अति नै रोमान्चित देखिन्छ ।

आर्थिक पक्षः

विगत केहि समय क्रमभंग भएका महांकाली, भैरव देखि मध्यपुरका अन्य सम्पूर्ण नाच पछिल्लो समय जुरमुराएको छ । विशेषगरी आर्थिक तथा भौतिक समस्याका कारण थलिएका अमूर्त सम्पदाले स्थानिय निकायको प्रोत्साहनसँगै जीवन पाएको हाे । यस वर्ष स्थानिय निकायले संस्कृति संरक्षणको शिर्षकमा ३१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । मध्यपुर थिमि नगरपालिका अन्तर्गत संस्कृति संरक्षण समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिले नगरको संस्कृति संरक्षण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । बोडेको नीलबाराही नाचको लागि ३ लाख पचास हजार, नासःननी भैरव नाचको लागि २ लाख पचास हजार, लायकूको महांकाली नाचको लागि २ लाख तथा इन्द्र अप्सरा नाचको लागि एक लाख विनियोजन भएकाे छ । यस वर्ष इन्द्रजात्राको सन्दर्भमा थिमिमा जिब्रो छेड्ने जात्रादेखि अन्य वर्षभर गरिने फरक सांस्कृतिक गतिविधि संरक्षणको लागि नगरपालिकाले प्राथमिकता दिएर बजेट छुट्याएको बताएइको छ ।
संस्कृति, सम्पदा देखि सुसंस्कार आफैमा नगर र नगरबासीको पहिचान हो । यसलाई सरोकारवाला पक्षले संरक्षण गर्नुपर्ने दायित्व पनि हो । तर यी र यस्ता संस्कृति देखाएर बाह्य पर्यटक आकर्षित गर्ने देखि नाचकाे महत्व, विशेषता र मान्यतालाई लिपिबद्ध गर्नु अर्को आवश्यकता हो । संस्कृतिको शिर्षकमा यति धेरै बजेट विनियोजन भएसँगै यसको औचित्य तथा गुणात्मक परिणाम पुष्टि गरेर दीर्घकाल सम्म सुखद् प्रभाव देखिनुपर्छ ।

Thursday, August 2, 2018

Home

Home


Contact


    • For Contact:

      • Madhyapur Thimi-4, Bhaktapur
      Province 3
    • Email: k_kajie@hotmail.com
      • kkajimdr@gmail.com
      • kkmanandhar2018@gmail.com
      • www.facebook.com\ijakmanandhar

    Cell: 01-985-1086563

Profile

KK Manandhar

Krishna Kaji Manandhar (KK Manandhar) (Nepali : कृष्ण काजी मानन्धर )


Birth Date : August 21, 1980
Krishna Kaji Manandhar is a Media Personality, Regarded one of the significant icon, works for Lecturer (Khopa College), News Presenter (Image Channel Television) and documentary maker. His versatile character allowed him to practice all types of media works as feature writing for papers and magazines, trainer for workshops, public Speaking, Leadership, Organizational environment, journalism and mass communication


Experience :

# Related with Image Channel Television and Khopa College till now.
   # News Anchor, Reporter and Program Producer/Director in Sagarmatha Television, Nepal's First News Channel. (2064-2070 B.S.)
# Editor in chief at LAHANA WEEKLY Newspaper (2070-2071 B.S.)
# News Anchor for Image Channel Television now (Part time job)
# MC in different formal National Programs
# Published feature news articals in magazine and news papers
# Teaching in Adarsha Higher SS for 9 and 10 (4 years)
# Edited in different magazines/Bulletins
#  Participation in different social activities
# Direction of IFA Film awarded Indigenous Documentary 'Gwaymaru' 
# Direction of Eco-san Water filter Documentary, A Short film (Tikapur, Kailali district)
# Art Direction and Screen play in Nepali Historical Movie "KIRTIPUR the legend of Kirtilakshmy" movie based on War of Kirtipur where Late King of Gorkha, Prithvi Narayan Shah attacked during his Nepal making mission.
# 10 years teaching experience for Computer application (2057-2067 B.S.)
# Four years of teaching in Adarsha Higher Secondary School for secondary level
# Instructor for MC, Public Speaking, Leadership Workshop, Journalism

Educational Credentials:

SLC from Adarsha Secondary School, Thimi, Board HMG, 2054 BS
IA, From Tribhuvan University, Kathmandu 2060 BS
BA, From Ratna Rajya Laxmi College, Kathmandu (TU) 2063 BS

MAMCJ, Polygon College, Ktm. Masters of Arts in Mass Communication and Journalism     (PU-Board, 2011 batch) 

Tuesday, July 31, 2018

गणतन्त्रमा राष्ट्रपति सवारी आतंक

Bidhya Devi Bhandari, President of Nepal (PC: Facebook)

बिहान घरबाट अफिस निस्किने म । आज पनि सदा झैं करिव ७ः३० बजे चिया खाएर निस्केँ । नयाँ थिमि चोकको माइक्रो बस चढेर काठमाडौंको सिंहदरबार हुँदै शहिदगेट पुग्थें । त्यहाँबाट लाजिम्पाट हुँदै बुढानिलकण्ठ रुटमा चल्ने सवारी चढ्नु पर्ने मेरो दैनिकी । तर अचानक आज भद्रकाली नपुग्दै सिंहदरबारबाट माइक्रो बसलाई ट्राफिक प्रहरीले पुतली सडक फर्काइदिए । अरु बेला घडीको मसिनो सुइले सातलाई छोए पनि लामो सुइ यताउती हुन्थ्यो होला । आज सायद त्यस्तो नभएर ठिक्क साँढेसात बजेको हुनुपर्छ । त्यसैले पनि माइक्रो बसलाई अर्कै गन्तव्य हुत्याइदिएसँगै मेरो तनाव शुरु भयो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा

आज श्रीपञ्चमी भएर राष्ट्राध्यक्षको हैसियतले बसन्तपुरमा बसन्त श्रवण गर्नुपर्ने कार्यक्रम तय भएको रहेछ । वर्षेनी हुने निर्धारित कार्यक्रम त हो, तर म जस्तै अन्य सर्वसाधारण नागरिकसँग प्रत्यक्ष सम्बन्धित नहुने भएर उहाँको बसन्त श्रवणको समय थाहा नहुँदो हो वा भनौं चासो नदिँदो हो । त्यहि भएर पनि नियमित दैनिकीसँगै दौडिरहने म जस्तालाई अचानकको तालिका हेरफेरले तनावको स्थिति बनाइदिन्छ । एक त भीआईपी र भीभीआईपीहरुको तालिका सार्वजनिक गरिँदैन र धेरैलाई जानकारी पनि हुन्न । यस्तै भइदियो आज पनि ।
राष्ट्रपतिको सवारीले गर्दा सुनसान बनेको लाजिम्पाट

पुतलीसडक मोडिएको केहि समय पश्चात प्रहरीले जानकारी दिएपछि मैले पनि थाहा पाएँ कि नियमित रुटको गाडीलाई अन्तै फर्काइदिएको रहस्य । पुतली सडक मोडिएसँगै मसँगै यात्रा गरिरेका यात्रुले चालकलाई दबाब दिँदै सोध्दै थिए “किन गाडी मोडियो ?” म आरएनएसी जानुपर्ने अन्तै गएर कहाँ हुन्छ । चालक लगायत अधिकांश यात्रु अनभिज्ञ थिए गाडीको गन्तव्य फर्काइएको सम्बन्धमा । दुई चार पटकको प्रश्न पश्चात माइक्रो बस चालकलाई समेत रन्को चढ्यो क्यार तुरुन्त उत्तर फर्काइहाले “जा उतै बस्ने ट्राफिकलाई सोध । मलाई के थाहा ? मैले त जे भन्यो उस्तै गरेँ ।” चालकको प्रतिक्रिया समेत केहि हद सम्म सभ्य बोलीलाई चुनौती दिने खालको थियो । जो दिक्दारी पश्चातको स्वभाविक मानव गुण हो जस्तो मैले अनुभूति गरेँ । यात्रुको सामुहिक कचकच स्वरसँगै उनले यात्रुको इच्छा बमोजिम भनेकै ठाउँमा बस रोकेर ओरार्नतिर लागे । एक त माइक्रो बस रोकिएसँगै ठाउँ ठाउँमा जाम भएको थियो भने अर्कोतिर निर्धारित समयभित्र आ–आफ्नो गन्तव्य पुग्नुपर्ने यात्रुलाई तनाव । सोही तनाव बहन गर्ने मध्येमा म पनि परेँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

म लाजिम्पाटस्थित ईमेज च्यानल टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर हुन कुनै पनि हालतमा ९ः०० बजे भित्र हाजिर गरिसक्नुपर्ने थिएँ । बुलेटिन न्यूज तयार गरेर मेकअप पश्चात टेलिभिजनमा देखिन कम्तीमा एक घण्टाको समय मैले व्यतित गर्नुपर्छ । तर मेरो घडीको सुईले रत्नपार्क मै हुँदा ८ः५५ देखाइसकेको थियो । रत्नपार्कको पुरानो बस स्टपबाट हिंडेर लाजिम्पाट पुग्न ४५ मिनेट लाग्ने मेरो अनुभव छ । सो विकल्प मेरो अनुकूल थिएन । मनमनै आत्ति सकेको थिएँ किनभने सार्वजनिक सवारी साधनलाई बिहानै देखि नै राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको हवाला दिंदै सन्चालनमा रोकेको थियो । मसँग निर्धारित समयमा अफिस पुग्ने अन्य महानुभाव र टेलिभिजनमा अनएअर हुने मेरो विकल्प कम हुँदै थियो । तर पनि धैर्य गर्दै ५ रुटको टेम्पो चढ्न दौडिएँ । दैनिक रुपमा बिहान ८ः१५ बजे आरएनएसीबाट लाजिम्पाट भएर गुड्ने टेम्पो चढ्ने म, आज ९ः०० बजिसक्दा पनि टेम्पोको खोजिमा भौतारिँदै थिएँ । भाग्यबस कम समयमा मैले टेम्पो भेटाइहालेँ त्यो पनि २ जना मात्र यात्रु बोकेर गुडेको । राष्ट्रपति भण्डारीको बसन्त श्रवणले सर्वसाधारणलाई नियमित दैनिकीबाट बन्चित गराउनमा दिएको हैरानी र आतंकको मार टेम्पोमा यात्रा गर्ने तिनै यात्रुले समेत खेपेका रहेछन् । के पथ्र्यो र शुरु भयो उनीहरुको उस्तै भुन्भुन् “राष्ट्रपति मेकअप लगाउँदै होला नि, सर्वसाधारणलाई दुःख दिएर । हस्पिटल जानुपर्ने हामीलाई ढिला गराएर उनीहरु भने सौखिनसाथ सवारी रे ।” यस्तो पनि हुन्छ ? हैट् । राष्ट्रपति भए उनीहरु नै होउन् हामी सर्वसाधारणलाई किन दुःख ? म बाहेक दुई जना अन्य टेम्पोमा यात्रा गरिरहेका उनीहरु गफिंदै थिए । मलाई उनीहरुको गफले केहि छिन त हाँसो पनि लाग्यो ।
टेम्पो पाएकोमा मनमनै खुसी थिए कि अब ढुक्कसाथ अफिस पुग्छु, दशै बजे टिभीमा समाचार दिन तयार हुन्छ । तर माहौल त्यस्तो भइदिएन र क्षणभर मै त्यो खुसी तनावमा परिनत भयो जब टेम्पोलाई फेरि लैनचौरबाट ट्राफिक प्रहरीले नक्साल फर्काइदिए । योसँगै मलाई लागेको थियो कि आजको सेड्युल गयो, म आज न्यूज पनि बनाउन पाउँदिन र टेलिभिजनमा बिहान १०ः०० बजे अनएअर पनि हुन पाउँदिन । यसको जवाफ कसरी व्यवस्थापनमा दिने भनी अलमलमा परिसकेको थिएँ ।
राष्ट्रपतिको सवारीले गर्दा रत्नपार्कमा देखिएको सवारी जाम

नियमित कार्य भन्दा फरक भएकोले मनमनै अर्को सोच बनाइसकेको थिएँ कि अफिसमा फोन गरी मलाई रिसिभ गर्न अनुरोध गर्ने । तर वास्तविकता त्यस्तो पनि थिएन कि प्रेसको गाडीलाई राष्ट्रपति जस्तो भीभीआईपीको सवारीमा चलाउन दिने । त्यस्तै आजै बिहान नेपाल टेलिकमले मोबाइल डायल गर्न नमिल्ने गरी एकतर्फी गराइसकेको एस.एम.एसमार्फत सुझाएको याद आयो । मोबाइलमा पैसा सकिएको भएर त्यस्तो मेसेज आएको हो । फोन गरेर मलाई अफिसबाट रिसिभ गराउने विकल्प र भीभीआईपीको सवारीमा प्रेसलाई समेत छुट नदिने चलनले त्यो बाटो पनि बन्द हुँदै थियो । गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी शितल निवासबाट लाजिम्पाटै हुँदै बसन्तपुर जाने हो । सार्वजनिक सवारी तथा निजी गाडीलाई अन्तै मोडेको, प्रेसलाई पनि छुट नभएको र मोबाइलमा पैसा सकिएर एकतर्फी भएकोसँगै मेरो समय मै अफिस पुग्ने सम्भावना टर्दै थियो । मनमनै पुनः सोच आयो कि दौडिएर भए पनि अफिस पुग्ने कि । त्यो सोचसँगै नक्साल भगवतीतिर फर्काइएको टेम्पोबाट हट्पट् झरेर चैनचौरको मूख्य सडकमा आएँ । सडक करिव सुनसान बनाइ सकेको थियो । सडकको दुबै छेउ वरपर सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत अन्य सर्वसाधारण लामबद्ध भएर उभिएको देखेँ । म केहि पर सम्म लम्किसकेको थिएँ । अकस्मात मेरो मनमा लिफ्ट लिएर जाने सोच आयो । म आफैले पनि इन्धन अभावको समयमा केहि हद सम्म मेरो निजी गाडी र स्कूटरबाट त्यस्तै अन्यौल भएर बाटो छेउमा उभिएकालाई लिफ्ट दिएको सम्झना छ । इन्धन भए सम्म मैले यस्तै काम गरेको थिएँ दशैं र तिहारको हाराहारीमा । सोही सम्झनालाई ताजा बनाएर मैले पाटलिसकेको सडकमा गुडिरहेका मोटरसाइकलमा लिफ्ट मागेँ । पहिलो मोटरसाइकलले पन्छिन खोज्यो, दोस्रोले उनको गन्तव्य नजिक भएको बहाना बनायो । खैर उनीहरुको आफ्नै बाध्यता होला । तर पनि म चनाखो भएर लिफ्ट लिने प्रयास तथा बाटोमा ठूल्ठूला पाइला बनाएर लम्किरहनेलाई निरन्तरता दिइरहेँ । अन्ततः एउटा रातो कलरको पल्सर मोटरसाइकललाई मैले रोकेँ र लिफ्ट लिएर अफिसको गेट सम्म पुगेँ । अफिस पुग्दा म खासै ढिला भइनसकेको रहेछु । धन्न म र राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी आतंक । यो घटना गएको वर्ष मैले अनुभूति गरेको हो ।
राष्ट्रपतिको सवारी, लाजिम्पाटमा

यो त प्रतिनिधि उदाहरण भयो, यस्ता थुप्रै समस्या छन् हामीमाझ । यस वर्ष पनि यस्तै रवैया देखेर लखेको छु । एक त गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपतिको सवारी अफिस आवरमा हुने अर्कोतर्फ सर्वसाधारणलाई सवारी सम्बन्धि जानकारी नदिने । यी दुइटै सर्वसाधारण नागरिकलाई दुःख दिने मेसो बनेकोे छ । बसन्त श्रवण परम्परा हो, यसलाई जोगाउनु सबै नेपालीको दायित्व पनि हो । तर भीभीआईपीको सवारीको नाउँमा आम नागरिकलाई दुःख दिनु र आतंकको माहौल बनाउनु कदापि सह्य छैन । सवारीलाई अफिसको अफ आवर पनि गर्न सकिन्थ्यो वा लामो अवधि सम्म सवारी नरोक्ने पनि उपाय हुनसक्छ । राणाकाल, शाही शासनकाल, पञ्चायती समयमा जस्तो रवैया, लोकतान्त्रिक गणतन्त्रमा हट्नुपर्ने चाहना आम नागरिकको हो । तर खै कहिले हट्ने त्यो रवैया ? आम नागरिकको प्रश्न छ ।

म, संचार अनि राष्ट्रवाद


कुरो ०७३ सालको हो । साथीभाइ तथा परिवारसँग सिक्किम पुग्ने मौका जुरेको थियो । साउथ सिक्किममा अवस्थित खगेन्द्र प्रधान श्रेष्ठाचार्यको घरमा बसेको त्यो क्षण, सायदै बिर्सिन्छु । नाम्थाङको तुरुङ भन्ने गाउँका उनी, नेवार संस्कृति, भाषा, लिपि देखि संस्कार संरक्षण, सम्बद्र्धनका बेजोड अभियन्ता हुन् । राजधानी ग्यान्तोकमा इन्द्रजात्रा शुरु गर्नेे देखि नेपालभाषा, लिपि र संस्कारलाई प्रवद्र्धनमा अतूलनीय योगदान दिनुभएका उनै थिए । इन्स्टिच्यूट अफ नेवार कल्चर एण्ड ल्याङ्वेज नाउँको अभियानलाई मोफसलमा स्थापित गराउने उनै प्रधानसँगको त्यो क्षणिक वार्तालाप मेरो लागि स्मरणीय छ ।
नेपाल बाहिरको नेपाल अर्थात सिक्किम बसाइ सर्ने बखत उहाँको पूर्खाले मेची नदि टरेसँगै सम्पूर्ण पहिचान उतै बगाएको भनेका थिए, मसँगैको वार्तालापमा । झट्ट सुन्दा एउटै वाक्य लाग्न सक्छ तर “नदिमा बगाएको त्यो पहिचान”को अर्थ त्यति हलुङ्गो चाहिँ पक्का पनि होइन । सुक्ष्म अध्ययनको दौरान यसले गहकिलो र दीर्घ प्रभावी अर्थ दिनसक्छ । त्यहि पहिचान बगाएकै कारण प्रधानको परिवारमा नेवाः भाषाको अस्तित्व क्षीण भएको छ र सोही सुसुप्त पहिचान जगाउन अभियन्ता भएर लाग्नुपरेको छ । धन्न उहाँको साहस तथा अभियानमा साथ दिने अन्य नेपाली मूलका भारतीय ती दाजुभाइको । म सलाम ठोक्छु प्रधानको अभियानलाई र पहिचान जगाउने इच्छाशक्तिलाई ।
धेरै मातृभाषीहरुको साझा समस्या यीनै हुन्, पछिल्लो समय । थातथलो छोडेसँगै नयाँ परिवेशमा रम्दै जाँदा मौलिकतासँगको त्यो साइनो विलीन हुँदै जानु र नवीनतम अवयव स्वीकार गर्नुपर्ने बाध्यता । भूगोलसँगको आत्मियताले देशभक्ती जगाउँछ नै, त्यो स्वभाविक पनि हो । मातृभूमिप्रतिको लगाव, देशभक्ती र पहिचानसँगको साइनो राष्ट्रवादलाई सन्तुलित गर्नु मोफसलमा बस्नेको लागि सहज भने छैन । मानवीय बुझाईमा भूमिप्रतिको त्यो कित्ताकाटले निर्धारित गरेको मोफसल र त्यहाँ सर्नेको लागि कालान्तरमा आइलाग्ने देशभक्ती र राष्ट्रवादको खडेरी चुनौतीपूर्ण छ । अझ त्यो भन्दा नि प्रधान चुनौती, मातृभूमि मै राष्ट्रवाद हराउनु हो ।
नयाँ परिवेशमा व्यक्ति नौलो हुँदै समयान्तरमा घुलन हुनु, व्यवहारिक वास्तविकता हुनसक्ला । परिवेशले छोड्ने छाप र बाध्यतालाई स्वीकार गरिँदा मौलिकता गुमेकोप्रति चिन्ता हुनु अर्को यथार्थ हुनसक्छ । तर बाध्यताको बावजुद मानवको जीवनमा राष्ट्रवाद र देशप्रेमले जरो गाडेकै हुन्छ । अन्ततः कुनै न कुनै रुपमा त्यो प्रस्फुटन भइरहन्छ । दैनिकी होस् या अभियान र आन्दोलन, चेतअचेत रुपमा आउनुलाई नकार्न सकिन्न । तर चेत अवस्था मै राष्ट्रवादलाई उपेक्षा गरिनु चाहिँ, महाभूल भन्नु पर्छ, घमण्ड र दमननीति पनि । कतिपय अवस्थामा शासक बर्गबाट यस्ता नीति अबलम्बन गरिएका उदाहरण हामीसामु नजीर छ । तत्कालीन पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय पश्चात सन् १७६९ सालमा लादेको शासन व्यवस्था होस् वा चन्द्र शम्सेर राणाको पालामा नेपालभाषा, लिपि, संवत् तथा समुदायप्रतिको कुदृष्टि यसका उदाहरण हुन् । त्यस्तालाई दमन भन्न सकियो भने अन्य अवस्थामा परिस्थिति दोषी हुनसक्छ । अन्जासबस गरिएको गल्ती क्षम्य हुनसक्छ, जानाजान गरिएको उपेक्षा भने अक्षम्य अपराध हो । बस् हामी मध्ये कतिले यी दुई मध्ये एकलाई ग्रहण गरेका छौं ।
भाषासँग संस्कार र संस्कृति पनि अन्तरसम्बन्धित हुने सन्दर्भ शताब्दी पुरुष सत्यमोहन जोशीले धेरै ठाउँमा औंल्याउनु भएको मैले सुनेको छु । जाती र समुदाय विशेषको पहिचानलाई पतन गराउनमा भाषाविहीनताले प्रमूख भूमिका निर्वाह गर्ने उहाँको तर्क हो । हुन पनि यसका ज्वलन्त उदाहरण हामीसामु छर्लङ्ग छ । संस्कृति र कलाकार राष्ट्रका गहना र तिनका आधाररुपी भाषालाई नियोजित दमन गरिँदा राष्ट्रवाद खल्बलिने स्वतः भयो । यसरी भनिरहँदा राष्ट्रवाद नै कहिँ कतै भाषा, लिपि, संस्कृति वा सभ्यताको पर्याय हो कि भन्ने लाग्नसक्छ । तर व्याख्या गर्नेहरुले आ–आफ्ना तर्क र तथ्यपरक प्रमाण पेश गरेका छन् । यसलाई फरक ढंगले बुझाएका छन्, नेपालको सवाल । तत्कालिन श्री ५ महेन्द्र शाहलाई पनि राष्ट्रवादी राजाको रुपमा स्वीकार गरिएको पाइयो । त्यस्तै, एक मात्र नेवाः प्रधानमन्त्री मरिचमान सिंह तथा पछिल्लो समयमा नेकपा एमालेया अध्यक्ष खड्ग प्रसाद शर्मा ओली पनि राष्ट्रवादी शासकका रुपमा प्रस्तुत भए । जब कि महेन्द्र शाहले देशमा “एक भाषा, एक नीति”लाई अबलम्बन गरेका थिए । खस नेपाली भाषालाई राष्ट्रियकरण गर्दै माध्यम भाषाको रुपमा चलाएर अन्य अस्तित्वमा रहेका भाषालाई दमन गरेका थिए । ती पनि राष्ट्रवादी कहलाइए । त्यस्तै छिमेकी देश भारतको हेपाहा प्रवृत्तिलाई चुनौती दिएर खड्ग प्रसाद शर्मा ओली तथा मरिचमान सिंहले राष्ट्रवादी प्रधानमन्त्रीको छाप छोडे । दुई ठूल्ठूला महाराष्ट्रहरु चीन र भारतसँगको सुमधुर र सन्तुलित सम्बन्ध बनाउनुपर्ने वास्तविकतालाई भुलेर चुनौती स्वीकार गर्नेहरु पनि राष्ट्रवादीको रुपमा चित्रित भए । यस अर्थमा नागरिकलाई आत्मनिर्भर चरित्रको आवश्यकता विषयमा सचेत त गराए तर अघोषित नाकाबन्दीको पिरलो सहन बाध्य पनि तुल्याए ।
लेखक प्रदीप गिरीका अनुसार देशभर बोलिने सम्पूर्ण भाषा तथा संस्कृति मान्ने जाती र समुदायलाई एकसुत्रिय मालामा उनेर अघि बढ्ने काम असली राष्ट्रवाद हो । कालखण्डमा शासकहरुले आ–आफ्नै व्याख्या प्रचार गरेपनि ती भन्दा पृथक सम्पूर्ण नागरिकले अपनत्व गर्नसक्ने र समान अधिकारसहितको अवसर नै राष्ट्रवाद हो भनेका छन् । केहि हद सम्म उहाँको तर्क स्वीकारयोग्य छ । खैर, राष्ट्रवाद र राष्ट्रवादीको व्याख्या फरक हुनसक्ला । नेपाल जस्तो बहुभाषी, बहुसांस्कृतिक मुलुकमा सम्पूर्ण जातजाती, भाषाभाषी अट्ने राष्ट्र नै असली राष्ट्रवाद भएकोमा धेरैको दाबी छ । निश्चित भाषा विशेषलाई प्राथमिकतामा राख्ने र अन्य समुदायका भाषालाई उपेक्षा गर्नुले द्वन्द्वलाई बढावा दिन्छ । द्वन्द्वले पक्कै पनि राष्ट्रवादलाई पुष्टि गर्ने सक्दैन ।
देशप्रेम तराजुमा तौलिन कथिन भएसरी राष्ट्रवादको मापण पनि गाह्रो छ । ईकाइ गतिविधि हुन सक्ला तर परिणाम अनुरुपको मापणलाई तौलिन गाह्रै भएपनि प्रयास भने निरन्तर छ । अमूर्त सम्पदामा देखिएको विचलन र भाषिक समस्यालाई उत्थान गर्नेमा संचार क्षेत्रले ठुलै योगदान दिन सक्छ । यस अघि भएका अध्ययनले पनि यहि पुष्ट्याउँछ । घरघरमा कार्टुनचित्र हेरेर बच्चाहरुले सिकेका हिन्दी भाषा किन नहोस् वा भारतीय सिरियलबाट गृहिणीले सिकेका भाषाका उदाहरण, संचार क्षेत्रको उपलब्धि हो । त्यसरी नै सामाजिक सञ्जाल, सर्चइन्जिन, यूट्यूब, रेडियो, टेलिभिजनमार्फत भाषा र अन्य राष्ट्रवादी भावना जगाउन सकिन्छ । संस्कृति प्रचार गर्ने देखि संस्कार र मूर्त सम्पदाको विषयमा विस्तृत बुझाउन सकिन्छ । संस्कृतिले गुटबन्दी हटाएर एउटै मालामा उनेसरी ती गतिविधि प्रचार गर्नेमा संचार क्षेत्रले भूमिका खेल्न सक्छ । जसले अपनत्वको महसूस गराउँदै राष्ट्रवाद जगाउँछ ।
आशा छ, मेरो संचार क्षेत्रको समर्पनबाट मैले पनि राष्ट्रवाद जगाउने अभियानमा इँटा थप्न सकुँ, राष्ट्रियता र राष्ट्रवादी भावना जगाउन सकुँ । मातृभाषाप्रतिको लगाब र आवद्धताले यसमा टेवा पुग्ने अपेक्षा छ । खस नेपाली भाषामा नसक्ने होइन, गरेको पनि छु । तर प्राथमिकता भने मातृभाषा नै परेको छ । सोही अनुरुपको पेशालाई मर्यादित बनाउँदै पूर्ण व्यावसायिकउन्मुख गर्ने मेरो इच्छा कछुवा गतिमा हिँडे पनि लक्ष्य भने अवश्य पहिल्याउने छ । संचार क्षेत्रमा खर्चेको मेरो लगानी पूर्ण व्यावसायिक पत्रकारिता मात्र होइन बरु नेपालभाषा प्रबद्र्धन देखि मातृभाषी पत्रकारितालाई स्थापित गराउनु हो । अझ संचार क्षेत्रमार्फत मेरो राष्ट्रवाद जगाउनु हो ।

मानन्धर समुदाय र पुर्ख्यौली पेशा

मानन्धर समुदाय र पुख्र्यौली पेशा

Picture snapped in Madhyapur Thimi/Siwa sayami khala


साय्‌मि वा मानन्धर समुदायको सन्दर्भ :

साय्मि समुदायलाई मानन्धर पनि भनिन्छ । अनुसन्धानकर्ता जीतबहादुर मानन्धरले नेपालभाषामा प्रकाशित गर्नुभएको “मानन्धर व साय्मि” शिर्षकको लेखमा मानन्धर समुदाय सम्बन्धिका तथ्य प्रष्ट रुपमा प्रस्तुत गर्नुभएको छ । ने. सं. ४९६ सालमा जगत मानन्धुरले “वंता क्षेत्रया चपाह्र दयेकूगु” अर्थात पश्चिम क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुभएको सन्दर्भ गोपालराज वंशावली छ । ने. सं. ४८५ सालमा जयार्जुनदेवको शासनकालमा आश्विन शुक्ल नवमीको दिन लेखिएको ताडपत्र र तत्कालिन बनेपाका अमरसिं मान्धुरको जमिन सम्बन्धिको लिखत मानन्धर समुदायको आज सम्म भेटिएका मध्ये सबभन्दा पुरानो अभिलेख भएको उहाँले दाबी गर्नुभएको छ । यस तथ्यमा इतिहासकार डा. महेशराज पन्तले पनि आफ्नो लेख÷रचनामार्फत प्रष्ट्याउन खोज्नुभएको छ ।
तत्कालिन अवस्थामा साय्मि समुदायलाई मान्धुर, मानधरी, मानधर मात्र नभएर सालमि र साःमि जस्ता अन्य फरक शब्दले पनि पुष्ट्याउन खोजेको देखिन्छ । ग्रीसमा मिलान्धर समुदाय बस्ने र नेपालका मानन्धरसँगको नश्ल उनीहरुसँग मेल खाने सन्दर्भ एक समय चर्चामा आएको थियो । केन्द्रीय मानन्धर संघ तथा अन्य संस्थाहरुको अगुवाइमा यसलाई पुष्ट्याउने पहल पनि भएको थियो सायद, तर मलाई यस विषयमा अधिक ज्ञान भएन । खैर यो अनुसन्धानको विषय हुनसक्छ ।
तत्कालिन श्री ३ महाराज जङ्गबहादुर राणाजीको इतिहासमा साय्मिलाई सालमिको संज्ञा दिइएको छ । पुरुषोत्तम शम्सेर राणाले प्रकाशित गर्नुभएको “श्री ३ हरुको इतिवृत्तान्त” किताबमा उन्नाइसौं शताब्दीको पूर्वाद्धमा धर्मनारां सालमि नाम गरेका कान्तिपुरका महाजनले जङ्गबहादुर कु“वरलाई ऋण दिएको उल्लेख छ । जङ्गबहादुर श्री ३ महाराज हुनु पूर्व धर्मनारां सालमिले दिएको ऋण चुक्ता गर्न नसक्दा उहाँ भूमिगत हुनु परेको सन्दर्भ इतिवृत्तान्तमा उल्लेख छ । जङ्गबहादुर श्री ३ महाराज भएपश्चात धर्मनारां सालमिले देशको अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका थिए । जङ्गबहादुर कहिले इष्ट इन्डिया कम्पनीका पदाधिकारी भेट्न हिन्दुस्तान त कहिले बेलायत गएका बखत धर्मनारां सालमिले नै सम्पूर्ण अर्थतन्त्र हेर्नुपरेको थियो । केहि पछि तत्कालिन चीन र नेपालबीच युद्ध घोषणा भएको अवस्थामा धर्मनारां सालमिले युद्धको लागि खर्च हुने जम्माजम्मी अर्थ व्ययभारको आधि रकम व्यहोर्न तयार भएको समेत इतिहास छ । यस आधारले पनि साय्मि समुदायको इतिहास सरकारीनिकायसँग निकट रहेको देखाउँछ ।
नेपालभाषा व्याकरण अनुसार “साः” क्रियामा “मि” प्रत्यय जोडेर बनेको संयुक्त शब्द साःमि हो । साःको अर्थ तोरीको तेल पेल्ने कोल र मिको अर्थ मालिक भन्ने हुन्छ । त्यसैले पनि तोरीको तेल बनाउने कोल, कारखानाको मालिक साःमि हुन्छ । साःमि अपभ्रंस हुँदै साय्मि शब्द निर्माण भएको बुझिन्छ । यस तर्कमा इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरको पनि दाबी छ ।  यस्तै खालका तर्कलाई आधारित बनाउँदा भक्तपुर र काभ्रेबीचको सिमानामा अवस्थित ऐतिहासिक मानव बस्ती, सांगाको सन्दर्भ जोडिन्छ । दुई जिल्लाहरुको सीमावर्ती क्षेत्र सांगामा पछिल्लो समय सम्म पनि साय्मि समुदायको बसोबास छ । बनेपा अर्थात नेपालभाषाको शब्द अनुरुप भ्वँतका बासिन्दालाई भ्व“मि, टोखाकालाई टोखामि र सांगामा बस्नेलाई सांगामि भनिन्छ । यो अर्थमा साय्मि समुदायको बाक्लो बसोबास रहेको सांगामा बस्ने बासिन्दालाई सांगामि भनिएको छ । सांगामि शब्द पछिल्लो समय साय्मि बनेको हो ।
एक समय मल्लकालिन राजाले तेल पेल्ने सालमिहरुलाई दण्डित गरेको किंवदन्ती छ । भक्तपुरका उनी तत्कालिन पाटन दरबार अगाडिको शिलास्तम्भ भत्काउन षड्यन्त्र गरेको आरोपमा दण्डित भएको जनश्रुती हो । चौधौं शताब्दी यता स–साना राज्यमा विभक्त तत्कालिन देशहरुबीच वैरभाव र वैमनस्यताको कारणले ती राज्यमा सामरिक दृष्टिकोणले व्यवहार गर्थे । भौतिक संरचना भत्काउने देखि धावा बोल्ने सम्मका कुकर्म हुन्थे । सोही दाउपेचमा उनी आरोपित सालमि परेको थियो । व्यक्ति विशेषले गरेको दण्ड स्वरुप सम्पूर्ण पाटनमा बसोबास गर्ने सालमिहरुलाई देश निकाला गरेको किंवदन्ती छ । ती पाटन छेउछाउका गाउँ अर्थात चित्लाङ, दक्षिणकाली वरपर, फर्पिङ सम्म बसाइ सर्न गएका थिए । हुन त तर्कको आधारले यसलाई जनश्रुतीबाट पुष्टि भए पनि तथ्यपरक भने होइन । पाटन नगर भित्र सालमि अर्थात साय्मि समुदायको बसोबास न्यून रहेको परिपेक्ष्यमा भने यसलाई केहि हद सम्म तर्कपरक किंवदन्तीको रुपमा स्वीकार गर्न सकिन्छ । ती तर्क विशेषलाई अधिकांस बुद्धिजीवीहरुले ठाडै अस्वीकार गरेका छन् । त्यस मध्ये सालमि समुदायलाई दण्डित र विभेद गरेको विषयमा भक्तपुरका विष्णुबहादुर मानन्धरको सहमति छैन । उहाँको भनाई अनुरुप भक्तपुरसँग अन्य सम्पूर्ण नगरको सम्बन्ध सुमधुर थियो र छ । परापूर्व काल देखि नै भक्तपुर र अन्य ठाउँका साय्मि समुदायबीच पारिवारिक सम्बन्ध रहेको उनी दाबी गर्छन् । मान गोत्रको आधारले पारिवारिक सम्बन्ध बिस्तारको लागि मार्ग प्रशस्त भएकोले दण्डित गरेको देखि देश निकाला सम्मको किंवदन्तीलाई तथ्यपरक नभएकोले स्वीकार्न नसक्ने उहाँको भनाई हो ।

पुख्र्यौैैली पेशा :

विश्व सभ्यताको परिपक्ष्यमा नेपालको उदाहरण पृथक छ । विश्व सम्पदाको सूचिमा सूचिकृत नेपालका सम्पदा तथा विभिन्न जात्रा, पर्व र जन्म देखि मृत्यु सम्मको समृद्धशाली संस्कारले यसलाई पुष्टि गरेको छ । नेपालको संस्कृति र संस्कार उत्कृष्ट भएकोले पनि सम्पूर्ण नेपालीले आफु सबल र सभ्य मानवको छवि सकेका छन् । यस्ता संस्कारसँग पुख्र्यौली पेशाको सम्बन्ध प्रगाढ छ । तोरीको तेल बनाउने  र यसको प्रयोग प्रत्यक्ष रुपमा संस्कार र संस्कृतिसँग जोडिएकोले पनि यसलाई अझ अन्तरसम्बन्धित भन्न सकिन्छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, सांगा, खोकना, ठेचो, थिमि क्षेत्र मात्रमा सीमित नभएर उपत्यका बाहिरका मकवानपुर, वीरगञ्ज, विराटनगरमा तोरीको तेल बनाइन्छ । तिल, बदाम, भटमासको तेल भन्दा तोरीको तेल आदिकाल देखि पृथक विशेषतासँगै प्रयोग हुँदै आएको छ ।   स्वादिष्ट पकवान मध्ये नेवार खाना छ्वय्ला, कचिला, अचार तथा बारा बनाउन यो तेलको प्रयोग अधिक छ । बजारमा धेरै किसिमका तेल उपलब्ध भएता पनि यस्ता पकवानमा परम्परागत तरिकाले बनाएको तोरीको तेल नै प्रयोग हुन्छ । तोरीको तेललाई नेवार पकवान मात्रमा सीमित नगरी अन्य थुप्रै किसिमका खाना बनाउनेमा प्रयोग भएको उदाहरण छ । परम्परागत तेल मध्ये तिलबाट बनाइएको तेललाई जडिबुटी औषधिमा प्रयोग गरिन्छ । त्यस मध्ये एलोपेथिक उपचार प्रविधिमा भएको प्रयोग अधिक देखिन्छ । नेवार समुदायभित्र शिशु जन्मिँदा दैनिक रुपमा आमालाई जिउ मसाज गराउनेमा तोरीको तेल प्रयोग हुन्छ । आमासँगै शिशुलाई पनि घाममा राखेर जिउ मसाज गरिदिँदा शरिरभित्रको रक्त रञ्चार नियमित हुने बताइन्छ ।
 घर्षण न्यून बनाएर जिउ मसाज गर्नमा तोरीको तेल उचित हुने र तुलनात्मक फाइदाजनक हुने वैज्ञानिक आधारले दर्शाउँछ । शिशुको नाक, कान तथा नाभीमा अझ विशेष रुपमा तोरीको तेल लगाइदिएर घाम ताप्न लगाइन्छ । हानिकारक जिवाणु÷किराबाट बच्न पनि यसको प्रयोग उचित छ । यसलाई नयाँ प्रविधिले पनि सहर्ष स्वीकार गर्न बाध्य छ । उपत्यका छेउछाउका जनजाती मध्ये तामाङ समुदायका सुत्केरीले परम्परागत तोरीको तेल थोरथोर गरी पिउने उदाहरण मनग्य भेटिन्छ ।
कला, संस्कृति, रितिथिति र संस्कारले भरिएको नेपाली समाजको अर्को महत्वपूर्ण पक्ष जात्रापर्व हो । विक्रम संवत् अनुरुपको माघे सग्रान्तिमा नुहाइ धुवाइ सकेर तोरीको तेल लगाउने हाम्रो आफ्नै मौलिक परम्परा छ । यसले पनि पर्वसँगको सम्बन्ध तोरी तेलमा रहेको प्रत्यक्ष रुपमा देखाउँछ । नेपाल संवत् अनुरुपको गुंपुन्हि अर्थात जनैपुर्णिमामा क्वाती (नौ किसिमका गेडागुडी राखेर पकाइने पकवान) मा तोरीको तेललाई झानेर खाने चलन छ । परम्परागत तोरीको तेलमा मेथि झानेर पिउँदा जिउभित्र तापक्रम सन्तुलित गराएर रोग निरोधक शक्तिलाई बढावा दिने तर्क गर्न सकिन्छ । तोरीको तेलको प्रयोग त्यति मात्रमा सीमित छैन बरु मानव जीवनको आस्थाको केन्द्र, मन्दिर, स्तूपा, चैत्य आदिमा दीप प्रज्वलन गर्न समेत प्रयोग हुन्छ । जात्रापर्वको बखत बालिने चिलाख (मुस्यां) को लागि पनि तोरीको तेल अधिक प्रयोग हुन्छ । इन्द्रजात्राको बखत काठमाडौंबासीले बौमत परिक्रमा गराउँदा देखि भक्तपुर र थिमिमा आकास बत्ती बाल्नेमा तोरीको तेल नै प्रयोग हुन्छ ।

साय्मि समुदायको पुख्र्यौैली पेशा र ऐतिहासिकताबीचको सम्बन्ध :

उपत्यकामा बसोबास गर्ने साय्मि समुदायले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल बनाउँदै आएका छन् । यसलाई फरक कालखण्डमा नेपाल यात्रा गरेका चिनियाँ यात्रीहरुले पुष्टि गरेकोबाट प्रमाणित हुन्छ । इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरले दिनुभएको जानकारी अनुरुप चिनियाँ यात्री वाङ ह्वाङसेले तत्कालिन नेपालमा तोरीको तेल उत्पादन भएको सम्बन्धमा वर्णन गरेका छन् । भक्तपुर र काभ्रे जिल्लाको सीमावर्ती क्षेत्र सांगामा अवस्थित ऐतिहासिक मानव बस्तीमा अभिलेख रहेको उहाँको दाबी छ । त्यसमा तत्कालिन नेपालको सौन्दर्य र आदिकाल देखि बसोबास गर्ने आदिवासीहरुको समेत वर्णन पाइन्छ । चिनियाँ यात्री ह्वासेले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल उत्पादन भएको उल्लेख गरेका छन् । यो अर्थमा पछिल्लो समय सम्म पनि साय्मि अर्थात मानन्धर समुदायले तोरीको तेल बनाउने पेशालाई पुख्र्यौली पेशाको रुपमा अंगालेका छन् ।
     आदिकालदेखि नेपालमा बसोबास गर्ने आदिवासी साय्मि समुदायले कोल (तेल पेल्ने कारखाना)मा तोरीको तेल बनाएर पुख्यौली पेशाको रुपमा ग्रहण गरेको आधारलाई राजा जयस्थिति मल्लको वर्ण व्यवस्थाले पनि पुष्टि गरेको छ । साझा प्रकाशनले पहिलो पटक २०३९ सालमा प्रकाशित गरेको डा. चन्द्रविक्रम बुढाथोकीको साभार लेख अनुसार चौधौं शताब्दीमा तत्कालिन नेपालमा शासन गरेका जयस्थिति मल्लले ४ जातको वर्ण व्यवस्था गरे । ब्राम्हण, क्षत्रीय, वैस्य र सुद्र मध्ये तेस्रो वर्णमा परेका सालमि अर्थात साय्मिले तेल पेल्नु र बाबीयाले खट बाँध्नु भनी उल्लेख गरेका छन् । सोही लेखमा गुभाजु (बज्राचार्य)लाई बौद्धमार्गी धर्म अनुरुपको पूजाविधि गर्नु, छिपा (रंजितकार) लाई कपडा रंगाउनु, पुं (चित्रकार) लाई चित्र बनाउनु, कौ (नकर्मी) लाई फलामको औजार बनाउनु, नौ (नापित) लाई नङ र केश कटाउनु भनी उल्लेख गरेको छ ।
काठमाडौंको सवालमा नौ वटा टोलमा आदिकाल देखि साय्मि समुदायको बाहुल्यता देखिन्छ । ती प्रत्येक टोलमा न्यूनतम एउटा तेल पेल्ने कारखाना भेटिन्छ । त्यस मध्ये चार वटा टोलको नामांकरण समेत (साः) तेल पेल्ने कारखानाको आधारमा राखिएको छ । लाय्कू सा, दै साः, न्हू साः र फल्चा साः यसका उदाहरण हुन् । ती सम्पूर्ण टोल काठमाडौंको बसन्तपुर दरबारदेखि दक्षिणी दिशामा अवस्थित छ ।
साय्मि समुदाय मात्रले पुख्र्यौैली पेशाको रुपमा तोरीको तेल बनाउँछन् भन्ने आधारलाई खोकना र ठेचोमा ज्यापु समुदायले उत्पादन गर्ने तोरीको तेलले प्रतिवाद गरेको देखिन्छ । हुन पनि पछिल्लो समय “खोकना तेल”को रुपमा प्रसिद्धि कमाएको छ । जब कि साय्मि समुदायले पुख्र्यौली पेशाको रुपमा तेल पेल्ने आधारलाई यसले चुनौती दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भने जरुरी देखिन्छ ।

तेल बनाउन प्रयोग हुने कच्चा पदार्थ :

उपत्यकामा धेरै थरिका तेल उत्पादन हुने सवालमा तोरीको तेल तुलनात्मक बढी परिमाणमा देखिन्छ । व्यापारीहरुले तत्कालिन समयमा राजधानी छेउछाउ, नेपालको तराई तथा चुरे भावर क्षेत्र वरपर उब्जनी हुने तोरीलाई अधिक प्रयोग गर्थे । त्यस मध्ये मकवानपुर र चितवनमा उब्जनी हुने तोरीलाई भिमफेडीको बाटो हुँदै चापागाउँ र बज्रबाराहीबाट ल्याइन्थ्यो । तेल बनाउन अधिक परिमाणमा कच्चा पदार्थ आवश्यक हुने कारणले पनि तराईको जिल्लाबाट तोरीलाई काठमाडौं भित्र्याइन्थ्यो । करिव १० प्रतिशत तोरी भने उपत्यका वरपरको काठ क्षेत्रमा उब्जनी हुन्थ्यो जुन आयातीत भन्दा गुणस्तरिय भएको दाबी छ । पछिल्लो केहि दशक यता भने मित्रराष्ट्र भारत र तेस्रो मुलुक मध्ये क्यानडा, अस्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, यूक्रेनबाट समेत तोरीलाई आयात गरिँदै आएको छ । भारत बाहेक अन्य मित्र राष्ट्रबाट आयातित तेलको कच्चा पदार्थ अर्थात तोरीबाट उत्पादित तेलको परिमाण र गुणस्तर समेत कम हुने स्थानिय व्यापारी बताउँछन् । कच्चा पदार्थ आयात गर्नेमा नेपाली मूलका नागरिक कमै हुने गरेको तीतो सत्य समेत क्षेत्रपाटीमा तेल पसल व्यवसाय गर्ने व्यापारीले सुनाए ।

बनाउने तरिका :

साय्मि समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको तोरीको तेल बनाउने ठाउँलाई स्थानिय भाषामा साः भन्ने सन्दर्भ यस अघि नै प्रष्ट भइसकेको छ । साः अर्थात तेल पेल्ने कारखानामा तोरीलाई पानीमा भिजाइन्छ । त्यस लगत्तै सुकाउनु पर्छ । निफनेर सफा गरेको तोरीलाई धुलो बनाए पश्चात ठूलो टावामा भुट्नु पर्छ । मज्जाले भुटेको तोरीको धुलोलाई निचोरेर तेल निकालिन्छ । यस विधिको लागि विभिन्न औजारहरु परम्परा देखि नै प्रयोग भएको देखिन्छ । त्यस मध्ये पू (तोरीको धुलो राख्ने भाँडो, पहिले राँगाको छालाबाट निर्मित अहिले प्लाष्टिकबाट बनेको), हासा (नाङलो, तोरी निफन्नको लागि), सलिंचा (तोरी शुद्धिकरण गर्नको लागि), ख“लय् बोरा (भिजाएको तोरीलाई सुकाउन प्रयोग हुने ठूलो आकारको बोरा), दाला (तोरी व धुलो राख्ने भाँडो), भाजं (फलामबाट निर्मित ठूलो आकारको टावा), च्वाफि (कुचो, धुलो सफा गर्ने), मुगःचा (तेल पेलिसकेर बनेको कडा बस्तु फुटाउन प्रयोग हुने काठबाट निर्मित औजार), ग“, (भुटेको तोरीको धुलो च्याप्ने ठाउँ), खुईं (तोरीको गेडा फन्छाउन प्रयोग हुने औजार) प्रयोग हुँदै  आएको छ ।

धार्मिक मान्यता :

पुख्र्यौली पेशाको रुपमा तोरीको तेल पेल्ने कारखानामा भैरवनाथ र हनुमानको प्रतीक बनाएर देउता प्रतिस्थापन गरेको देखिन्छ । भक्तपुर र मध्यपुर थिमिको सवालमा कारखानाभित्र भैरवनाथ र काठमाडौंमा हनुमान देउतालाई पुज्ने गरिन्छ । ढुङ्गेधाराको लामो आकृतिको शिलालाई जमिनमा आधा भाग गाडेर भैरवनाथको रुपमा पूजा गर्ने परम्परा भक्तपुरमा पुरानै हो । उपत्यकामा मनाइने येँयाः अर्थात इन्द्रजात्राको बखत कारखानाभित्र प्रतिस्थापित भैरवनाथको सोही शिलामा पूजा गरी भोज विधि चलाउनु पर्ने परम्परा छ । थिमिमा भने जिब्रो छेडाउने परम्परासँगै सोही क्षेत्रबाट यांमता (आकास बत्ती) निकाल्ने गरिन्छ । काठमाडौंका तोरी पेल्ने कारखानामा प्रतिस्थापित हनुमान देउतालाई फागुको चतुदर्शीको दिन पूजा गरिन्छ । त्यस मध्ये कतिपय ठाउँमा वडा दशैंको अष्टमिको दिन पूजा हुन्छ ।

विशेषता र महत्व :

काठमाडौं मात्रमा पचास भन्दा बढी र मध्यपुर थिमिमा पनि बीसको हाराहारीमा तेल पेल्ने कारखाना थियो । तर पछिल्लो समय ती अधिकांस बन्द भएका छन् । कारखाना बन्द भएसँगै पुख्र्यौली पेशा संकटमा परेको छ । करिव पचास वर्ष यतादेखि तोरीको तेल उत्पादन गर्दै आएका थिमिका शहदेव मानन्धरले पुख्र्यौली पेशा संकटमा परेकोप्रति चिन्ता व्यक्त गरे । नयाँ प्रविधिबाट बनेको र ठूलो परिमाणमा बनेका तोरीको तेलले पुख्र्यौली व्यवसायलाई धरासायी बनाएकोमा उनी चिन्तित देखिन्छन् । विभिन्न संस्कार र औषधिजन्य जडिबुटि बनाउने समेत प्रयोग हुने तेल बनाउने पेशा धरासायी हुँदै गएकोमा सम्बन्धित व्यवसायीको गहिरो चिन्ता छ । समग्र नेपालीहरुको पहिचानलाई कला, संस्कृति, रितिरिवाजले धानेकोमा दुईमत नहोला । ती संस्कार र संस्कृतिमा नभइ नहुने यस्ता पुख्र्यौली पेशाबाट उत्पादित तोरीको तेलको महत्व र विशेषता मननयोग्य छ ।

तिथिमा देखिएको अलमलले सांस्कृतिक विचलन

यो वर्ष पनि नेपाल संवत्को तिथिमा थपघट हुँदा लक्ष्मीपूजा, म्हपूजा र भाइटिका गर्न सर्वसाधारणहरु अलमलमा परे । अधिकांसले कात्तिक ६ गते बिहीबार क...